काभ्रेका प्रहरीद्धारा ‘लकडाउन’ उल्लंघन गर्नेबाट १ लाख राजश्व संकलन

काभ्रेका प्रहरीद्धारा ‘लकडाउन’ उल्लंघन गर्नेबाट १ लाख राजश्व संकलन
काभ्रे - जिल्लामा 'लकडाउन'को उल्लंघन गर्ने १ सय ९५ सवारी साधनबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले १ लाख राजश्व संकलन गरेको छ । नेपाल सरकारले लगाएको 'लकडाउन'को दोश्रो दिन बुधबार जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई साँझ चेतावनी दिदै जरिवना लिएर छाडिएको हो । 'लकडाउन' उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई प्रति सवारी साधन ५ सयका दरले राजश्व लिदै आईन्दा अर्काे पटक 'लकडाउन'को समयमा नआउने शर्तमा छाडिदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रम...

अपडेट : काभ्रेमा ‘लकडाउन’ उल्लंघन गर्ने १९२ सवारीसाधन नियन्त्रणमा

अपडेट : काभ्रेमा ‘लकडाउन’ उल्लंघन गर्ने १९२ सवारीसाधन नियन्त्रणमा
काभ्रे (धुलिखेल) - जिल्लामा ‘लकडाउन’ ताेडेर चलाइएका १ सय ९२ सवारीसाधन र २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बुधवार मध्यान्हसम्ममा सवारी साधन नियन्त्रणमा लिएको हो । सडकमा अत्यावश्यक काम बिना दौडाएको भेटिएपछि १ सय ७१ मोटरसाईकल, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कार्पियो, ३ वटा मिनिट्रक, र १ वटा साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख रवी पौडेलले जानकारी दिए । नेपाल सरकारले ल...

प्रहरीकाे आग्रह : हल्लाकाे पछि नलाग्नुस्

प्रहरीकाे आग्रह : हल्लाकाे पछि नलाग्नुस्
काठमाण्डाै - नेपाल प्रहरीले कोरोना भाइरस (काेभिड १९) का बारेमा चलेका हल्लामा विश्वास नगर्न आग्रह गरेको छ । नेपालमा पनि कोरोना देखिएको भन्ने गलत श्रव्य सामग्री अर्थात् अडियो बनाइ सामाजिक सञ्जालमा राख्ने एक जनालाई पक्राउ गरिएको र अरुबारे अनुसन्धान भइरहेकाले यस्ता गलत कुरामा विश्वास नगर्न प्रहरीले आग्रह गरेको हो । नेपालमा कोरोनाका कारण केही व्यक्तिकाे ज्यान गएको दाबी गर्दै अडियो बनाउने, रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता, ...

कालाेबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय

कालाेबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय
काठमाण्डाै - सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो । मन्त्रालयले बजार अनुगमनका क्रममा कृत्रिम अभाव देखाएर बढी मूल्य लिएको पुष्टि भए त्यसमा संलग्न व्यवसायीलाई तत्का...

मृतकका आफन्त र प्रशासनविच सहमती, बेलुका ८ बजेदेखी कफ्र्यु हट्यो 

मृतकका आफन्त र प्रशासनविच सहमती, बेलुका ८ बजेदेखी कफ्र्यु हट्यो 
काभ्रे (पनौती) -  मंगलबार विहान ९ बजेदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा जारी गरेको अनिश्चितकालीन कफ्र्यू बेलुका ८ बजे सम्म जारी थियो । कफ्र्युपश्चात दिनभर पनौती बजार सुनसान रहेको थियो । जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र प्रशासनविच सहमती भएको छ । सहमति भएपनि मृतकका आफन्तले चालकलाई कानुन अनुसारको कडा कारवाहीको माग गरेका छन । प्रशासनले प्रतिवद्धता जनाएसँगै शव परिक्षण गरिएको छ । पीडितका श्रीमान मलेसियाबाट बुधबार ११ बजे नेपाल फर्किए लगत्तै ...

कर्फ्यू पछी पनौती बजार सुनसान, मृतकका आफन्त र प्रशासनविच सहमती

कर्फ्यू पछी पनौती बजार सुनसान, मृतकका आफन्त र प्रशासनविच सहमती
काभ्रे (पनौती) - काभ्रे (पनौती) - जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा मंगलबार विहान ९ बजेदेखि जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेश अझै यथावत छ । पनौती बजार अहिले पनि सुनसान रहेको छ । जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र प्रशासनविच सहमती भएको छ । मृतकका आफन्तहरुले भने टिपरचालकलाई कडा भन्दा कडा कार्बाहीको माग राख्दै कानुन बमोजिम अगाडी बढ्न अनुरोध गरेका छन । छलफल गर्ने क्रममा नगरप्रमुख भिम न्यौपाने र संघीय संसद गंगा बहादुर दौड़को समेत उपस्थिती रहेको...

ट्राफिक नियम मिच्नेलाई पनि ‘नमस्कार’

ट्राफिक नियम मिच्नेलाई पनि ‘नमस्कार’
काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान सुरु गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सहचालकलाई चिट काट्ने अनि सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइनेछ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अब कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् । त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् । उनीहरुलाई सम्झाउँछन्  र ट्र...

काभ्रेको पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभ्रेको पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते
काभ्रे (पनौती) - जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्याँस हवाई फायर गरेको छ भने २ राउण्ड हवाई फायर गरेको छ । प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका ३ जना घाईते भएका छन् । केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । टिपरको ठक्करले आमा छोरी दुबैको ज्यान...

सामाजिक काममा जोड् दिदै योगेन्द्र

सामाजिक काममा जोड् दिदै योगेन्द्र
काभ्रे (बनेपा) - कोरोनाको त्रासमा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको सक्रियतामा सर्वाजानिक रुपमा मास्क बितरण गर्न सुरु गरेर सामाजिक काममा जोड् दिन थालेका छन् । बनेपा ईलाका प्रहरी कार्यालयमा प्रमुख भएर आए संगै प्रहरी निरीक्षक तिमिल्सिनाले सामाजिक कामहरुमा जोड्दिदै आएका देखिन्छ । उनकै पहलमा बनेपाको मुख्य बजार चारदोबाटोमा आईतबार देखि निशुल्क रुपमा सर्वसाधरणलाई मास्क र जानकारी मुलक पर्च बितरण गर्न सुरु गरिएको छ । बजारमा सजिलै मास्क पाउन छाडेपछि प्रहरीको सक्रियतामा सर्वसाधर...

प्रदुषणबाट जोगिन ट्राफिकलाई आयुर्वेद उपचार

प्रदुषणबाट जोगिन ट्राफिकलाई आयुर्वेद उपचार
काभ्रे (बनेपा) - जिल्ला आर्युर्वेद स्वास्थ्य केन्द्र बनेपाले जिल्ला ट्राफिक प्रहरीहरुलाई नश्यकर्म आयुर्वेदिक बिधिमार्फत आयुर्वेदिक उपचार गर्न थालेकाछन् । प्रदुषणबाट हुने स्वास्थ्य समस्या कम गराउनको लागि शनिबार बनेपामा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण गर्न एक दिने जानकारी मुलक उपचार कक्षा संचालन गर्न सुरु गरिएको हो । हरेक महिना उपचार संगै प्रदुषणबाट जोगिने बिधिहरुको बिषयमा जानकारी मुलक कक्षा...