कोरोना भाइरस बारे अफवाह र भ्रमपूर्ण अडियो बनाउने पक्राउ

काठमाडौँ - कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप ...

घुस सहित कार्यालय प्रमुख पक्राउ

भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई घुस रकम सहित पक्राउ गरेको छ । घुस रकम लिएर बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाण्डाै जाँदै गरेको सूचनाको आधारमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख एवं उपसचिव श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिएको रकम दुई लाख पाँच हजार सहित पक्राउ गरेको अख्तियारका एक कर्मचारीले जानकारी दिए । वन कार्यालयका सहयोगी र चालकलाई समेत नियन्त्रणमा...