आर्सनलका म्यानेजर आर्टेटा काेराेना सङ्क्रमित

आर्सनलका म्यानेजर आर्टेटा काेराेना सङ्क्रमित
आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । म्यानेजर आर्टेटालाई भाइरसको सङ्क्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ । क्लबले तत्काल प्रशिक्षण रोकेर आर्टेटासँगै रहेका खेलाडी र कर्मचारीहरुलाई निगरानीमा राखेको छ । यसैबीच प्रिमियर लिगले शुक्रबार आपतकालिन क्लब बैठक बोलाएको छ । यो बैठकले प्रिमियर लिग स्थगन गर्ने विषयमा निर्णय गर्नेछ । ‘यो वास्तवमै निराशाजनक छ’, ३७ वर्षीय आर्टेटाले भने । ‘खराब महसुस गरिसक...

युभेन्टसका डिफेन्डरलाई पनि काेराेना सङ्क्रमण

युभेन्टसका डिफेन्डरलाई पनि काेराेना सङ्क्रमण
इटालियन क्लब युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई कोरोना भाइरस (काेराेना भाइरस) को सङ्क्रमण भएको पुष्टि भएको छ । पछिल्लो पटककाे परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ । २५ वर्षे डानिलीसँग रहेका अरु व्यक्तिलाई पनि आइसोलेशनमा राखिएको छ । इटलीमा कोरोनाको त्रासका कारण आउँदाे ३ अप्रिलसम्म सबै खेलकुद गतिविधि बन्द गरिएको छ । यो सिजन युभेन्टसका लागि सात खेल खेलेका रुगानीले आइतबार भएको दर्शकबिनाकाे इन्टर मिलानसँगको खेलमा बेन्चमा थिए । त्याे खेलमा युभे...

लिभरपुल च्याम्पियन्स लिगकाे अन्तिम १६ बाट बाहिरियाे

लिभरपुल च्याम्पियन्स लिगकाे अन्तिम १६ बाट बाहिरियाे
साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार–दुईकाे हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो । दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जिनियाे विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एककाे बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्...

टाेटनह्याम च्याम्पियन्स लिगकाे प्रिक्वार्टर फाइनलबाटै बाहिरियाे

टाेटनह्याम च्याम्पियन्स लिगकाे प्रिक्वार्टर फाइनलबाटै बाहिरियाे
टोटनह्याम हट्स्पर युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको छ । जर्मन क्लब लिप्जिगसँग तीन–शून्यकाे पराजय भोगेपछि गएकाे संस्करणको फाइनलिस्ट टोटनह्यामको यात्रा सकिएको हो । दश वर्षअघि स्थापना भएको लिपजिगले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टोटनह्यामको मैदानमा भएको पहिलो लेगमा एक–शून्यकाे जित निकालेको लिपजिगले आफ्नो मैदानमा तीन गोल थप्दा समग्रमा टाेटनह्याम चार–शून्यले पराजित भयाे । मार्सल स्याबिट्जरले पहिलो हाफमा नै दुई गोल गरेपछि टोटनह्याम दबाब...

प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्लालाई हरायाे

प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्लालाई हरायाे
इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई चार–शून्यले हरायो । भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमको जितमा हार्बी बार्नेस र जेमी भार्डीले दुई–दुई गोल गरे । जितसँगै लेस्टरले तेस्रो स्थानको सिट मजबुत बनाएको छ । लेस्टरले चौथो स्थानको चेल्सीविरुद्ध पाँच अङ्कको अग्रता लिएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी चार अङ्कमा छोट्याएको छ ।  खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको लेस्टरले ४० मिनेटमा अग्रता लिएको थियो । भि...

बेटिससँग रियल मड्रिडकाे हार

बेटिससँग रियल मड्रिडकाे हार
स्पेनिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । पराजयका कारण रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । रियल बेटिसको मैदानमा भएको खेलमा रियल मड्रिड २-१ ले पराजित भएको थियो । घरेलु मैदानमा रियल मड्रिडलाई हराउनका लागि बेटिसका सिड्नेई र टेल्लोले एक/एक गोल गरेका थिए । खेलको ४० औं मिनेटमा सिड्नेईले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा रियल मड्रिडका लागि करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेका थिए । तर, ८२ औं मिनेटमा टेल्लोले ग...