पर्यटन मेला शुरु

पर्यटन मेला शुरु
बेनी - बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो । स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावना...

अंग्रेजी नयाँ बर्षको लागि काभ्रेको होमेस्टे भरी भराउ

अंग्रेजी नयाँ बर्षको लागि काभ्रेको होमेस्टे भरी भराउ
काभ्रेपलान्चोक । अंग्रेजी नयाँ वर्ष २०१९ का लागि धुलिखेलका होटलहरु भन्दा पनि काभ्रेपलान्चोक जिल्लामा रहेर संचालक भएको होमेस्टे भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउनको लागि काभ्रेको धुलिखेलमा रहेको होटल भन्दा पनि होमेस्टेहरुमा १-२ महिना अगाडी देखि नै बुक भएको थियो । होमेस्टेका सबै घरहरु भरिएका होमेस्टे संचालकहरु बताउनुहुन्छ । नयाँ बर्ष जनावरी १ का लागि काभ्रेको होमेस्टे बुक गर्नेमा ९० प्रतिशत बाह्य पर्यटक रहेका होसन प्रदेश नम्बर ३ का सदस्य तथा पात्लेखेत सामुदायिक होमेस्टेका...

पर्यटनको माध्यमबाट देशको विकास

पर्यटनको माध्यमबाट देशको विकास
लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताउनुभएको छ । सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्मार्ट भिलेजका रुपमा आज शुभारम्भ गर्र्दै उहाँले अबका पाँच वर्षमा २५ लाख पर्यटकको सङ्ख्या पु¥याउने प्रदेश सरकारको योजना रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका प्रत्येक गाउँमा अब पर्यटक पु¥याउनुपर्छ, पर्यटकको माध्यमबाट गाउँ हुँदै देशको विकास हुन्छ ।” कार्यक्रममा...

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो । उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो । सो लगत्तै विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्य...

११ महिनामै १० लाख नेपाल आए पर्यटक

११ महिनामै १० लाख नेपाल आए पर्यटक
काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो । सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य

राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य
तुलसीपुर । विसं २०५९ मा शान्तिको कामना गर्दाै निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको छ । वनभोज खानेदेखि सबै उमेर समूहका मानिसहरुका लागि शान्ति उद्यानमा अवलोकन र मनोरञ्जन लिन आउने गरेका छन् । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट समेत वनभोज तथा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् । उद्यानमा सार्वजनिक बिदाको दिन कम्तीमा ३०÷३२ वटा टोली वनभोजका लागि आउने गरेका छन् भने अन्य दिनमा...

धुलिखेलमा अब फ्रि वाइफाइको सेवा सुरु

धुलिखेलमा अब फ्रि वाइफाइको सेवा सुरु
धुलिखेल । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ । प्रमुख ब्याञ्जूका अनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रीत फ्रि वाइफाइ ...

थकाली भोजनालय अब पाँचखालमै

थकाली भोजनालय अब पाँचखालमै
तामाघाट । काभ्रेको पाँचखालमा थकाली भान्साघर खुलेको छ । बढ्दो शहरीकरणसँगै पाँचखालमा थकाली खानाको माग भएसँगै स्थानीय युवा व्यवसायी उत्तम आचार्यले पाँचखाल तामाघाटमा हाम्रो थकाली भान्सा घरको संचालन गरेका छन् । अब थकाली खानाको स्वाद लिन काठमाण्डौ जाने अवस्थाको अन्त्य भएको उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले बताए । पाँचखाल तामाघाट ढापखोलामा सुरु गरिएको हाम्रो थकाली भान्सा घरमा खाना तथा खाजाको सबै परिकारका साथै बस्ने सुविधा समेत प्रदान गरेको छ । भान्सा घरमा कुनै...

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली
बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् । विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् । यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीन नेपाली टो...

पर्यटन तथा व्यापार मेला हुने

पर्यटन तथा व्यापार मेला हुने
कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादन, वैकल्पिक ऊर्जा, गार्मेन्ट, सूचना प्रविधि, औद्योगिक उत्पादन र मेशिनरीलगायतका सामग्री मेलामा राखिने छन् । १...