एउटै अस्पतालको भरमा १५० होटल

एउटै अस्पतालको भरमा १५० होटल
चितवन - एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् । सोही ठाउँमा होटल सञ्चालन गर्दै आउनुभएका होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष द...

फुलचोकीमा हिउँ खेल्न जानेहरुको लर्को

फुलचोकीमा हिउँ खेल्न जानेहरुको लर्को
काठमाडौं - ललितपुरको फुलचोकी डाँडामा बुधबार हिउँ खेल्न जानेहरुको लर्को लागेको छ । तर, अत्यधिक सवारी साधनको आवागमनका कारण बाटो बिग्रिँदा धेरै मानिस बीचबाटै त्यसै फर्किन बाध्य भएका छन् । भिडका कारण दिउँसो ट्राफिक व्यवस्थापनमा समस्या परेको बाडेगाउँ प्रहरी चौकीले जानकारी दिएको छ । चौकीका इन्सपेक्टर श्याम कुमार कटवालका अनुसार अहिले भने आवागमन सहज भएको छ । ‘डाँडातिर जाने बाटो बिग्रिँदा दिउँसो जाम बढेको थियो, अहिले फर्किनेहरु सहज तरिकाले फर्किँदैछन्’, उनले भने । मनोरम पर्वत फु...

फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गरिने

फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गरिने
पोखरा - गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णयका साथै पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण एवम् मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयनका लागि प्रदेशका उद...

खप्तड आउने पर्यटक वृद्धि

खप्तड आउने पर्यटक वृद्धि
डोटी -  सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महीनामा ...

पर्यटन मेला शुरु

पर्यटन मेला शुरु
बेनी - बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो । स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावना...

अंग्रेजी नयाँ बर्षको लागि काभ्रेको होमेस्टे भरी भराउ

अंग्रेजी नयाँ बर्षको लागि काभ्रेको होमेस्टे भरी भराउ
काभ्रेपलान्चोक । अंग्रेजी नयाँ वर्ष २०१९ का लागि धुलिखेलका होटलहरु भन्दा पनि काभ्रेपलान्चोक जिल्लामा रहेर संचालक भएको होमेस्टे भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउनको लागि काभ्रेको धुलिखेलमा रहेको होटल भन्दा पनि होमेस्टेहरुमा १-२ महिना अगाडी देखि नै बुक भएको थियो । होमेस्टेका सबै घरहरु भरिएका होमेस्टे संचालकहरु बताउनुहुन्छ । नयाँ बर्ष जनावरी १ का लागि काभ्रेको होमेस्टे बुक गर्नेमा ९० प्रतिशत बाह्य पर्यटक रहेका होसन प्रदेश नम्बर ३ का सदस्य तथा पात्लेखेत सामुदायिक होमेस्टेका...

पर्यटनको माध्यमबाट देशको विकास

पर्यटनको माध्यमबाट देशको विकास
लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताउनुभएको छ । सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्मार्ट भिलेजका रुपमा आज शुभारम्भ गर्र्दै उहाँले अबका पाँच वर्षमा २५ लाख पर्यटकको सङ्ख्या पु¥याउने प्रदेश सरकारको योजना रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका प्रत्येक गाउँमा अब पर्यटक पु¥याउनुपर्छ, पर्यटकको माध्यमबाट गाउँ हुँदै देशको विकास हुन्छ ।” कार्यक्रममा...

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो । उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो । सो लगत्तै विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्य...

११ महिनामै १० लाख नेपाल आए पर्यटक

११ महिनामै १० लाख नेपाल आए पर्यटक
काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो । सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य

राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य
तुलसीपुर । विसं २०५९ मा शान्तिको कामना गर्दाै निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको छ । वनभोज खानेदेखि सबै उमेर समूहका मानिसहरुका लागि शान्ति उद्यानमा अवलोकन र मनोरञ्जन लिन आउने गरेका छन् । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट समेत वनभोज तथा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् । उद्यानमा सार्वजनिक बिदाको दिन कम्तीमा ३०÷३२ वटा टोली वनभोजका लागि आउने गरेका छन् भने अन्य दिनमा...