काभ्रेमा थपिए २ जना कोरोना संक्रमित

काभ्रेमा थपिए २ जना कोरोना संक्रमित
काभ्रे (धुलिखेल)-  जिल्लामा आज थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । पाँचखाल नगरपालिकाका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झाले बताए । उनका अनुसार धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । विदेशबाट फर्केर क्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर चेक गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । असार २ गते नयाँ दिल्लीबाट स्वेदेश फर्कि पाँचखाल क्वारेन्ट...

थप एकमा कोरोना, काभ्रेमा सङक्रमतिको सख्या ७

थप एकमा कोरोना, काभ्रेमा सङक्रमतिको सख्या ७
काभ्रे (बनेेेपा) - एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीय युवतीमा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । डा.झाका अनुसार संक्रमित ब्यक्ति कुबेतम काम गर्दै आएकोमा जेठ २९ गते नेपाल फकेको थिइन । उनलाई टेकु हस्पिटललाने तयारी भएको प्रमुख डा.झाले बताए । उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको सातौ कोरोना सक्रमित हुन् । यस अघि जि...

ट्रिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु

ट्रिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु
काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ मा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृतक चालक ५० वर्षिय बेदप्रसाद कोइरालाले र ५५ वर्षिय गोबर्दन कोइराला रहेका छन् । बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले मोटसाईकललाई ठक्कर दिँदा दुवैको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक दुबै जनाको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

समयसिमामा नै आवास  निर्माण सम्पन्न गर्न लाभग्राहीलाई इकाईको आग्रह

समयसिमामा नै आवास  निर्माण सम्पन्न गर्न लाभग्राहीलाई इकाईको आग्रह
काभ्रे (धुलिखेल) – भूकम्प गएको पाँच वर्षमा जिल्लामा ६२ प्रतिशतले निजि आवास पुन निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ । इकाईका अनुसार अब जिल्लामा ३८ प्रतिशत निजि आवास पुनःनिर्माण हुन बाँकी रहेको छ । निजि आवास पुनःनिर्माण हुन बाँकी रहेका भूकम्प प्रभावित लाभग्राहीहरुलाई चाँडै निर्माण सम्पन्न गराउन इकाईले आग्रह गरेको छ । आवास पुनःनिमार्णका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको समय सिमा सकिन लागेकाले लाभग्राहीहर...

सुनकोशी खानेपानी आयोजनाको चौपक्षिय सम्झौता, तीन वर्षमा सम्पन्न हुने 

सुनकोशी खानेपानी आयोजनाको चौपक्षिय सम्झौता, तीन वर्षमा सम्पन्न हुने 
काभ्रे (पाँचखाल) - पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको सोमबार चौपक्षिय सम्झौता भएको छ । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल ब्यबस्था बिभाग, नगर बिकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बिचमा आयोजना ब्यबस्थापनमा सम्झौता भएको हो । सम्झौतापत्रमा खानेपानी तथा ढल ब्यबस्था बिभागबाट बिध्यानाथ भट्टराई, नगरबिकास कोषको तर्फबाट सुवाष राज पन्त, नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल तथा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछा...

काभ्रेका क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघ्यो

काभ्रेका क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघ्यो
काभ्रे (धुलिखेल) - जिल्लाको विभिन्न स्थानिय तहहरुको क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघेको छ । क्वारेन्टाईनमा २ सय १ जना पुरुष र ३० महिला गरि २ सय ३१ जना पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । त्यस्तै काभ्रेको धुलिखेल अस्पतालमा १ हजार १ सय ६९ जनाको स्वाब संकलन गरि पिसिआर बिधिमार्फत परिक्षण गरिएको र अन्य जिल्लाको ७ हजार १ सय ९९ जनाको पिसिआर परिक्षण गरिएको पोष्टले जनाएको छ । परिक्षण भएका मध्ये ५ सय ११ जनाको पिसिआर पोजेटिभ आईसकेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले...

अव्यवस्थित पार्किङ गर्ने सवारीलाई नियन्त्रणमा लिदैँ काभ्रेका ट्राफिक प्रहरी

अव्यवस्थित पार्किङ गर्ने सवारीलाई नियन्त्रणमा लिदैँ काभ्रेका ट्राफिक प्रहरी
काभ्रे (बनेपा) - ट्राफिक नियम उल्लंघन गर्दै अव्यवस्थित पार्किङ गरेका सवारीलाई जिल्ला ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोमबार बनेपाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरि अव्यवस्थित पार्किङ गरेका चार पाङग्रे १० वटा सवारीलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । अव्यवस्थित पार्किङ गरिएका सवारीसाधनले सडकमा आवतजावत गर्न समस्या भएको भन्दै सर्वसाधरणले गुनासो गरेपछि सोमबारबाट कार्वाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङले बताए । उनका ...

काभ्रेमा ४० प्रतिशत रोपाइँ सकियो

काभ्रेमा ४० प्रतिशत रोपाइँ सकियो
काभ्रे (धुलिखेल) – यस वर्ष धान दिवस अघि नै जिल्लाका ४० प्रतिशत किसानले रोपाइँ सकेको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ । यस वर्ष समयमा नै वर्षात भएकाले अघिल्लो वर्षको तुलनामा १० प्रतिशत रोपाइँ चाँडै सकिएको केन्द्रका सूचना अधिकारी थर्क जि.सीले बताए । उनका अनुसार दुई बाली लगाउने किसानले बाली भित्र्याउन नभ्याएका किसान र समयमा नै वर्षा भएपनि बिउ ढिला राखेका किसानको मात्रै रोपाइँ गर्न ढिला भएको हो । आउँदो सातासम्ममा जिल्लामा ६० प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको सूचना अ...

“काभ्रेका १३ स्थानीय तहको बजेट ८ अर्ब : स्वास्थ्य, शिक्षा र कृषिमामा जोड”

“काभ्रेका १३ स्थानीय तहको बजेट ८ अर्ब : स्वास्थ्य, शिक्षा र कृषिमामा जोड”
0 पनौतीमा युवालाई दुई लाखसम्म अनुदान पनौती नगरपालिकाले बुधबार नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ का लागि नगरले एक अर्ब ३२ करोड २८ लाख ७७ हजार आय हुने प्रक्षेपण गरेको छ । उपप्रमुख गीता बन्जाराले आन्तरिक आयबाट ३० करोड ७५ लाख ७७ हजार, राजश्व बाँडफाँडबाट १७ करोड ३१ लाख ८५ हजार उठने अपेक्षा गरेको बताउनुभयो । त्यस्तै नेपाल सरकारको वित्तीय समानिकरण अनुदान १४ करोड २२ लाख, सर्शत अनुदान २८ करोड ३० लाख, समपुरक अनुदान दुई करोडको अपेक्षा गरेको जानकारी दिनुभ...

क्योकुशिन कराँतेका अन्तराष्ट्रिय खेलाडी लामाको मृत्यु

क्योकुशिन कराँतेका अन्तराष्ट्रिय खेलाडी लामाको मृत्यु
काभ्रे (बेथानचोक) - क्योकुशिन कराँतेका राष्ट्रिय खेलाडी बीरमान वाइवाको निधन भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका वडा न ६ मेधाम्सु स्थायी बसोबास रहेका वाइवाको आइतबार बिहान निधन भएको हो । बेथानचोक गाउँपालिका वडा न ६ का वडा अध्यक्ष बिष्णु तामाङले आइतबार बिहान अबेर सम्म नउठेपछि परिवारले बोलाउन जाँदा वाइवा मृत भेटिएको जानकारी दिए । वाइवा लकडाउनपछि घर मै बस्दै आएका थिए । वाइवाले नेपाल क्योकुसिन फुल कन्टयाक्ट् कराँतेको १० पटक सम्म राष्ट्रिय च्याम्पियन लगायतमा पदक जित्दै आए...