काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ (तावार सोनाम ल्होछार)को अवसरमा २ दिन सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिकाले माघ ८ र ९ गते गरी दुई दिन सार्वजनिक विदा दिने निणर्य गरेको प्रमुख प्रशासकीय देबेन्द्र सुबेदीले जानकारी दिए । यस अघिको वर्षहरुमा पनि ल्होछारको उपलक्ष्यमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिकाको प्रमुख प्रशासकीय सुबेदीले बताए ।

 


तपाईको प्रतिक्रिया