काभ्रे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले रक्त सञ्चार सेवा समितिले सवैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुलाई सम्मान गरेको छ ।

शुक्रवार आयोजित कार्यक्रममा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुलाई सम्मान गरेको हो । जिल्लामा जन्म भई हाल अमेरिका बसोबास गर्दै आएका रक्तदाता अर्जुन मैनालीले अमेरिकावाट नेपाल रेडक्रस काभ्रे शाखाको लागि पठाएको १ लाख ३० हजार रकम वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको हातबाट हस्तान्तरण गरिएको थियो ।

उक्त रकम र अन्य संकलित २ लाख रपैयाँको अक्षयकोश स्थापना गरि आगामी वर्षहरुमा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई सम्मान गर्ने तयारि गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाका उपमन्त्री राजु सिग्देलले जानकारी दिए ।

अमेरिका बसोबास गर्दै आएका रक्तदाता अर्जुन मैनालीले रोशी गाउँपालिकालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न पठाएको रकम गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले रक्तदान जति गरे पनि नसकिने भएकाले सवैले रक्तदान गर्नुपर्ने र यस्ता कार्यक्रमहरुको प्रचार प्रसार पनि धेरै हुनुपर्ने बताए । रगतको अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।


तपाईको प्रतिक्रिया