काभ्रे । जिल्लाको रोशि गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा तथा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा सो तालिम सञ्चालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला अदालत काभ्रेका प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउँपालिका प्रबक्ता वसन्त तामाङ, न्यायिक समिति सदस्यहरुको उपस्थितिमा तालिम कार्यक्रम समापन्न भएको थियो ।

तालिम समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक मिम बहादुर वाइवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया