काभ्रे । जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा आज पौष २३ गतेका दिन राष्ट्रिय सहकारी बैंक लि.का नव निर्बाचित अध्यक्ष के.बि उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

७ करोडको लगानीमा निर्माण भएको आफ्नै सुविधा सम्पन्न भवनमा भएको उक्त साधारणसभाको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गरेका थिए । अण्डग्राउण्ड पार्किंग सहित ५ ढलान सहित निर्माण भएको उक्त भवनमा जिल्ला सहकारी संघ लि.मा आबद्ध ५४४ वटा सहकारी संस्थाहरु रहेका छन् ।

करिव ३०० सहकारी संस्थाहरुको उपस्थितीमा भएको उक्त साधारणसभा बोल्दै प्रमुख अतिथी के. बि उप्रेतीले हाल सहकारीमा देखिएको समस्याहरुलाई निराकरण गर्नका लागि जिल्ला सहकारी संघ लि. ले अबलम्बन गरेका नीति, योजना तथा कार्यक्रमलाई सफल पार्न सबै जना लाग्नु पर्ने र सबैले साथ दिनुपर्ने धारणा राख्दै अब सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सहकारीहरुले उत्पादन, बजारीकरणमा लाग्नुपर्ने र ठूला लगानीलाई निरुत्साहित नगरी स साना लगानीका क्षेत्रमा ध्यान दिई जिविकोपार्जन, आयआर्जन सहितका योजना पस्कने योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष दिलिप शर्माले संघको आगामी २०७९÷०८० का लागि २९ वटा नीति, योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्दै जिल्लामा सहकारी क्षेत्रको प्रवद्र्धन, र विकासमा निरन्तर लाग्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए भने संघको नयाँ भवन निर्माणका लागि सहयोग गर्ने दातृ निकाय, संघ संस्था र सहकारी अभियानका सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा आ. व. २०७८÷०७९ का प्रगती सचिव निरन्जन बिष्ट, आर्थिक विवरण कोषाध्यक्ष राजन शाक्य, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सरस्वती चिमौरीयाले राख्नु भएको थियो भने पत्रकार महासंघ काभ्रैका उपाध्यक्ष बिनोद न्यौपाने, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, तथा जिल्ला सहकारी संघ लि. का सल्लाहाकार टिकाबल्दभ साकोटा तथा मुकुन्द दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधि, निवर्तमान अध्यक्ष विनोद पराजुली, सहित पत्रकारहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न खालका नीतिहरु पारित गर्दै सम्पन्न भएको थियो भने नव निर्बाचित बैंकका अध्यक्ष तथा प्रमुख अतिथीलाई संघका अध्यक्ष दिलिप शर्माद्धारा सम्मान सहित बधाई तथा सुभकामना गरिएको थियो । कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्ट, स्वागत मन्तब्य उपाध्यक्ष अमन पोटे श्रेष्ठ, र धन्यबाद ज्ञापन महिला उपाध्यक्ष कमला अधिकारीले गरेकी थिइन ।

 


तपाईको प्रतिक्रिया