काभ्रे । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन् । ३ हजार ९२८ को फराकिलो मतान्तरले दोङ निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका दोङले ३४ हजार ५१२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ९२८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा रेशमपछि राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार बासुनारायण श्रेष्ठ तेस्रो स्थानमा छन् । उनले ८ हजार ६९६ मत पाएका छन् ।

काभ्रेको क्षेत्र नं १ मा मतगणना सम्पन्न भई मतपरिणाम सार्वजनिक भएसँगै काभ्रेका दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया