काभ्रे । जिल्लाको प्रतिनिधिसभा १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका रत्न ढकाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार माओवादी केन्द्रका रत्नले २० हजार ७३० मत प्राप्त गरी विजयी भएका छ्न् । उनका निकटतम प्रतिष्पर्धी एमालेका तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेशसभा सदस्यमा नै विजयी भई ढकाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत भएका थिए ।


तपाईको प्रतिक्रिया