काभ्रे प्रहरीद्धारा म्यादी प्रहरीको बिदाई

काभ्रे । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका काभ्रेका एक हजार ८ सय ८७ जना म्यादी प्रहरी (अस्थायी) को जिल्ला प्रहरी कार्यालय काभ्रेले आज (बिहिबार) बिदाइ गरेको छ ।

गृह-मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने क्रममा काभ्रे जिल्लामा एक हजार ८ सय ८७ जना भर्ना गरेको थियो ।

मर्यादित एक कार्यक्रमका बिच धन्यवाद तथा प्रमाणपत्रसहित म्यादी प्रहरीलाई बिदाई गरेको जिल्ला प्रहरी कार्यालयको प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस