लक्ष्मण लम्साल बिद्यालय अध्ययनकै क्रममा अनेरास्ववियुमा आवद्ध भएका निडर व्यक्ति हुन् । विद्यार्थी राजनीतिको सांगठनिक जीवनमा विभिन्न तह र तप्कामा रही कुशलतापूर्वक विम्मेवारी वहन गरेका लम्सालले संगठनमा प्रष्ट राजनैतिक र वैचारिक क्षमता राख्ने व्यक्तिको रुपमा आफ्नो परिचय बनाएका छन् ।

लम्साल तत्कालिन महावदेवस्थान गाविस हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा २०३६ साल जेठको २२ गते बुबा दो प्रसाद लम्साल र आमा पार्वती लम्सालको कोखबाट जन्मिएका हुन् । विद्यालयमा अध्ययन गर्दादेखि नै विद्यार्थी राजनीतिमा होमिएका लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी पुरा गर्नुका साथै विकृति र जनहित विरुद्ध भएका गतिविधिका विरुद्धमा उनले अनेकन दवावपूर्ण आन्दोलनको नेतृत्व सम्हालेका थिए ।

अन्याय र अत्याचारको विरुद्धमा बाल्यकालदेखि नै आफूलाई उभ्याउन चाहने लम्सालले न्यायपूर्ण समाजको कल्पना गर्ने पार्टीको विद्यार्थी संगठनको सदस्यता २०४९ सालमा लिएका थिए जतिबेला उनी काभ्रेको डेडीथुम्का मा.वि. महादेवस्थानमा कक्षामा ६ मा अध्ययन गर्दथे ।

उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी छिरेपछि ०५६ सालमा उनी अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीको सह–सचिवको जिम्मेवारी लिएर विद्यार्थी राजनीतिलाई अगाडि बढाएका थिए । त्यहीं क्याम्पसको उनी अनेरास्ववियुको अध्यक्ष हुँदै पछि ०५७ सालमै सम्पन्न भएको स्ववियुको निर्वाचनमा नेविसंघको किल्ला तोड्दै स्ववियु सभापतिमा निर्वाचित भएका लम्सालले यही क्याम्पसबाट आफ्नो राजनीतिक यात्राको राजमार्गलाई फराकिलो बनाएका हुन् ।

त्यसपछि उनले अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, बाग्मती अञ्चाल समन्वय कमिटीको सदस्य हुँदै उनले १७ औं राष्ट्रिय सम्मेलनबाट भने वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी पाए । विद्यार्थी हक र अधिकारको निम्ति अनेकन मोर्चामा महत्वपूर्ण योगदान पु¥याएका लम्सालले अनेरास्ववियु १८ औं राष्ट्रिय सम्मेलनबाट बाग्मतीको संयोजकको भूमिका निर्वाह गरे । अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै उनले संगठन विभागको प्रमुख भएर जिम्मेवारी वहन गरेका थिए ।

जसबाट देशभरका युवा विद्यार्थीहरुको समुहमा उनको लोकप्रियता बढ्यो भने अनेरास्ववियु २० औं राष्ट्रिय सम्मेलनबाट उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष बन्न सफल भए । २१ औं राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा लम्साल अनेरास्ववियुको अध्यक्षको प्रत्यासी बनेका थिए । तात्कालिन नेकपा एमाले केन्द्रीय कृषि भुमिसुधार विभागको सचिवको जिम्मेवारी समेत सम्हालेका लम्सालले दुई छिमेकी मुलुक भारत र चीन सहित विभिन्न मुलुकको भ्रमण गरेका छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका हुन् ।

२०७४ साल मंसिर २१ गते सकिएको संघ र प्रदेश निर्वाचनमा लम्साल बाम गठबन्धनका साझा उम्मेदवार थिए । उनले २७ हजार ६ सय २१ मत ल्याएर काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ बाट प्रदेश सभा सदस्यमा जित हासिल गरेका थिए ।

लम्साल हाल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीको सचिबको भुमिकामा छन् । इमान्दार छवि भएका, प्रखर बक्ता, आफ्नो जिम्मेवारी र काम प्रति लगनशिल लम्साल प्रगतिशिल युवा राजनीतिकर्मीका रुपमा समेत पार्टीभित्र र बाहिर परिचित छन् । सामान्य परिवारमा हुर्केका लम्साल हुने र गर्न सक्ने कामको मात्रै जनतालाई वचन दिन्छन् ।

लम्साल आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा यो पटक पनि काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट उम्मेदवार छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लम्साल नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्ह कमल लिएर निर्वाचनमा होमिएका छन् । उनले विद्यार्थी आन्दोलनको रापबाटै राजनीतिक, वैचारिक र साङ्गठानिक अनुभवहरु संगाल्दै आए र आफूलाई स्पष्ट वक्ताको रुपमा विकास गरे । काभ्रेली जनतासँग एकाकार हुँदै उनीहरुका समस्यालाई आफ्नो ठाउँबाट हल गर्न सधैं अग्रसर हुने सरल र सहज पहुँच भएको व्यक्तित्वका कारणले पनि आम काभ्रेलीको बीचमा उनको वेग्लै परिचय स्थापित भएको छ । प्रदेशसभाका लागि उम्मेद्वार बनेका लम्सालले जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका ठोस योजना र कार्यक्रमहरु बनाएका छन् ।

२०७४ को निर्वाचनबाट विजयी भएपछिको पाँच वर्षमा लम्सालले थुप्रै सम्झना योग्य काम आफ्नो निर्वाचन क्षेत्रमा गरेका छन् । लम्सालको क्षेत्रमा भुम्लु गाउँपालिकाको १ देखि १० सम्मका पुरै वडा, पाँचखाल नगरपालिकाको १ देखि १३ नम्बरसम्मको पुरै वडा, मण्डनदेउपुर नगरपालिकाको ७ देखि १२ नम्बरसम्म र धुलिखेल नगरपालिकाको १ देखि ७ नम्बरसम्मका गरी जम्मा ३६ वटा वडा पर्दछन् ।

विकास निर्माणका हिसाबले अत्यन्तै पछि परेको भुम्लु गाउँपालिकामा लम्सालले कहिल्यै नबिर्सने विकास निर्माणको गुण लगाएका छन् । पाँचखाल नगरपालिकामा शहरी सघन विकास कार्यक्रम अन्तर्गत एकैपटक ५० करोड लम्सालकै पहलमा आएको छ । मण्डनदेउपुर नगरपालिकामा ५ बेडको आधारभूत नगर अस्पताल लम्सालकै विशेष पहलमा निर्माण भएर सञ्चालनमा आएको छ । धुलिखेलका धेरै सडक सञ्जाल नपुगेको ठाउँमा सडक पुर्याउने काम लम्सालको ५ वर्षे कार्यकालमै भएका छन् ।

भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा बितेको पाँच वर्षमा आवश्यकताको आधारमा विकास निर्माणका काम सम्पन्न भएका छन् भने थुप्रै काम प्रारम्भ गरिएको छ । अधूरा काम पुरा गर्न पनि लम्साललाई विजयी गराउनुको विकल्प छैन ।


तपाईको प्रतिक्रिया