नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रित र्‍याप गीत ‘भोट फर प्रचण्ड’ बजारमा ल्याएको छ ।

माओवादी केन्द्रले फरक शैली र नयाँ प्रस्तुतिको रुपमा उक्त गीत बजारमा ल्याएको हो । तीन मिनेट ३० सेकेन्ड रहेको उक्त गीतमा जगत तिरुवाले स्वर दिएका छन् भने संगीत पनि तिरुवाकै रहेको छ ।

चुनाव नजिकिएसँगै चुनावी प्रचारप्रसारका लागि पार्टीहरूले विभिन्न शैलीहरू अपनाउँछन् । तिनै शैलीअन्तर्गतको प्रभावकारी शैली मानिन्छ गीत। गीतले आमनागरिकहरूलाई छिट्टै प्रभावित बनाउन सक्छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै प्रमुख दलहरूले चुनावी प्रचारका गीतहरू सार्वजनिक गरिरहेका छन् ।

भिडियो हेर्नुहोस् :


तपाईको प्रतिक्रिया