विद्यार्थी मूल्याङ्कन प्रकृया के हो ?
अवलोकन तथा अन्य माध्यमबाट कुनै कार्यको प्रगति हेर्ने दृष्टिकोण वा मूल्य निर्धारण कार्य मूल्याङ्कन हो । यसले सम्बन्धित विषयमा ठोस निर्णय गर्नका लागि आधार प्रदान गर्दछ । विद्यार्थी मूल्याङ्कन भनेको विद्यार्थीमा के कस्तो सिकाइ उपलब्धि प्राप्त भयो वा भएन भनी हेर्ने प्रव्रिmया हो । मूल्याङ्कनलाई प्रभावकारी सिकाइका लागि आधारभूत सर्तका रूपमा लिइन्छ । पाठ्यव्रmमले निर्धारण गरेका उद्देश्यअनुरूपका ज्ञान, सिप र व्यवहार विद्यार्थीहरूले हासिल गरे वा गरेनन्र कति मात्रामा हासिल गरे भनेर लेखाजोखा गर्ने कार्यलाई नै विद्यार्थी मूल्याङ्कन भनिन्छ ।

सामान्यतया लेखाजोखाको समानार्थी शब्द मूल्याङ्कनलाई बुझ्ने गरिन्छ । मूल्याङ्कन र शिक्षणसिकाइलाई अलग रूपमा हेर्न सकिन्न । तसर्थ शिक्षणसिकाइको अभिन्न पक्ष नै मूल्याङ्कन हो । सिक्ने, सिकाउने र लेखाजोखा गर्ने कार्य शिक्षणसिकाइमा निरन्तर र सँगसँगै चलिरहने प्रव्रिmया हुन् । शिक्षणसिकाइको अवस्था पहिचान गर्ने एक प्रभावकारी साधन मूल्याङ्कन हो । विद्यार्थी मूल्याङ्कनबाट उनीहरूले सिकेका र सिक्न नसकेका कुराहरूको जानकारी हुने र त्यसैको आधारमा शिक्षण व्रिmयाकलाप सञ्चालन हुने मान्यता रहिआएको छ । लिखित प्रश्नोत्तर, मौखिक प्रश्नोत्तर, कक्षाकार्य, गृहकार्य, व्यवहार परिवर्तन, परियोजना कार्य, सिर्जनशीलता सम्बद्ध कार्य, सामाजिक कार्य, कक्षा सहभागिता आदिको अभिलेख अध्ययन गरी विद्यार्थी मूल्याङ्कन गर्न सकिन्छ । तथापि हाम्रो अभ्यास बढी मात्रामा लिखित परीक्षा केन्द्रित हँुदै आएको अवस्था विद्यमान छ । विद्यार्थीमा रहेका विविध क्षमताहरूलाई एउटा मात्र साधनबाट मल्याङ गर्दा विद्यार्थीको सर्वपक्षीय मूल्याङ्कन हुन सक्दैन भन्ने विश्वव्यापी मान्यता छ । तसर्थ मूल्याङ्कन पद्धतिले विद्यार्थीमा निहित विविधखाले प्रतिभा तथा क्षमताहरूको मूल्याङ्कन गर्न सक्नुपर्छ तथा त्यसैका आधारमा सम्पूर्ण शैक्षिक व्रिmयालापको योजना तयारी र कार्यान्वयन हुनुपर्छ भन्ने सिद्धान्त रहिआएको छ । सिकाइ मूल्याङ्कनका धेरै विधिहरूमध्ये निरन्तर मूल्याङ्कन प्रणाली एउटा हो । यसलाई सुधारात्मक मूल्याङ्कन, सिकाइका लागि मूल्याङ्कन, अनौपचारिक मूल्याङ्कन, पाठ्यव्रmममा आधारित मूल्याङ्कन, उत्पादन तथा प्रव्रिmयागत मूल्याङ्कन आदिबाट बुझ्न सकिन्छ ।

विद्यालय शिक्षामा मूल्याङ्कन सन्र्दभ
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना दोस्रोअन्तर्गत सन् २००० (वि.सं. २०५६) मा निरन्तर मूल्याङ्कनको परीक्षण ५ जिल्ला (इलाम, चितवन, स्याङ्जा, सुर्खेत, कञ्चनपुर) मा गरियो । कक्षा १–३ सम्म उदार कक्षोन्नति नीति gLlt (Liberal Promotion Policy, LPP) अनुसार फेल नगर्ने र कम सिकेकाहरूलाई थप सिकाइका लागि सहजीकरण गर्ने प्रयास गरियो । सिकाइ उपलब्धिहरूको सूची निर्माण गरी निरन्तर मूल्याङ्कन गर्ने प्रयास गरियो । उदार कक्षोन्नतिअनुसार सबै विद्यार्थीहरूलाई सरासर कक्षोन्नति गराउने कार्यले सिकाइ स्तर खस्कियो । दुई वर्षपछि निरन्तर मूल्याङ्कन लागु भएका र नभएका विद्यार्थीबिच तुलना गरी प्रभावकारिता अध्ययनसमेत भयो तर परिणाम सकारात्मक नआएपछि यो मूल्याङ्कन प्रणालीप्रति नै प्रशस्त प्रश्नहरू उठ्ने ठाउँ रह्यो । तथापि यसलाई उदार कक्षोन्नतिका साथ अघि बढाउने पुनः नीतिगत निर्णय भयो र सोहीअनुसार अभ्यास गर्ने प्रयास भयो । पुनः पाठगत आधारमा मूल्याङ्कन गर्ने गरी निरन्तर मूल्याङ्कन प्रणलीलाई नेपालभर लागु गर्ने नीति लिइयो । तद्अनुरूप शैक्षिक सत्र २०६३ देखि व्रmमशः कक्षा १ देखि २०६७ मा कक्षा ५ सम्म लागु गरियो । आधारभूत तह कक्षा ६ मा शैक्षिक सत्र २०७० र २०७१ मा ७ कक्षा सम्म लागु गरियो । उदार कक्षोन्नतिलाई निरन्तर मूल्याङ्कनका आधारमा उपयोग गर्न सकिएन । अर्थात् सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीहरूलाई थप सहजीकरण गर्ने तौरतरिका पुगेन फलस्वरूप त्यस्तो अवस्थामा निरन्र मूल्याङ्कन र उदार कक्षोन्नतिका बिचमा तादम्यता बिल्कुलै भएन, गुणस्तर खस्कियो र निरन्तर मूल्याङ्कन नीतिमा सुधार आवश्यक देखियो ।

विद्यार्थीको उपलब्धिलाई प्रमाणीकरण गर्दा विभिन्न तरिका अपनाउन सकिन्छ । नेपालको शिक्षा पद्द्तिमा विद्यार्थी उपलब्धिको मापन गर्न निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन विधि अवलम्बन गरिदै आएको छ । विशेषतः निर्माणात्मक मूल्याङ्कन पद्दतिको आधारमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने र निर्णयात्मक मूल्याङ्कन गरी प्रमाणीकरण र श्रेणीकरण गर्ने अभ्यास रहि आएको छ । यो अभ्यास विद्यालय शिक्षामा हालसम्म कायम छ । यसै गरी कक्षा १ लेखि ३ सम्म पूर्ण र ४ देखि ७ सम्म आंशिक रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति ९ऋयलतष्लगयगक (Continuous Assessment System, CAS) को अवलम्बन गरिएको छ । यस पद्धतिको कार्यान्वयन र उदार कक्षोन्नति नीतिलाई पनि जोडेर हेरिने गरिएको छ । वास्तवमा नियमित रूपमा सिकाइ गतिविधिमा संलग्न विद्यार्थीको अभिलेखले उसलाई स्वाभाविक रूपमा माथिल्लो कक्षामा अध्ययन गर्न सक्षम बनाउन सक्दछ भन्ने भाव यस नीतिले अङ्गिकार गरेको देखिन्छ । मूलतः एसएलसी परीक्षामा विद्यार्थी मूल्याङ्कन र प्रमाणिकरणका सम्वन्धमा Study on Student Performance in SLC, 2005 को प्रतिवेदनमा “अध्ययन समूह विद्यार्थीको उपलब्धिलाई बस्तुगत रूपमा प्रस्तुत गर्न वर्तमान अङ्कन पद्धतिमा सुधार गर्नु पर्ने कुरामा विश्वस्त छ । त्यसैले विद्यार्थीको सिकाइ उपलब्धिलाई कोरा अङकभन्दा विभिन्न विषयगत गे्रडमा प्रस्तुत गर्न सिफारिस गर्दछ ” भनिएको छ ।

त्रिवर्षीय योजना (२०६७÷०६८–२०६९÷०७०) को आधारपत्रले सबै तहको परीक्षा प्रणालीमा देखिएका समस्याहरूको निराकरणका लागि प्रभावकारी कार्यव्रmम तयार गरी कार्यान्वयन कार्यनीतिसहित विषयको पुनः उठान ग¥यो । यस अनुरुप २०६९ सालमा शिक्षा क्षेत्रका समसामयिक मुद्दाहरूमा उच्चस्तरीय सेमिनार भयो । यसले एसएलसी परीक्षा अन्तर्राष्ट्रिय तहमा मान्यता प्राप्त स्तरीकृत परीक्षा भएकाले यस परीक्षाको प्रमाणीकरण समेत अन्तराष्ट्रिय प्रचलन र स्तर अनुरूप हुन जरुरी छ भन्ने निश्कर्ष निकाल्दै एक वर्षसम्ममा श्रेणी पद्धतिको विकल्पका रूपमा अक्षराङ्कनका लागि मानक र मापदण्डको विकास एवम् कार्यान्वयनको थालनी गर्ने कार्ययोजना तयार ग¥यो यस कार्यका लागि । शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र र परीक्षा नियन्त्रण कार्यालयलाई जिम्मेवार निकायका रूपमा किटान ग¥यो । यही पृष्ठभूमिका आधारमा राष्ट्रिय पाठ्यव्रmम विकास तथा मूल्याङ्कन परिषद्बाट माध्यमिक शिक्षा उत्तीर्ण (एसएलसी) परीक्षामा अक्षराङ्कन पद्धति (Letter Grading System)  लागु गर्ने निर्णय भयो ।

पछिल्लो परिवर्तित सन्र्दभमा विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ को मार्गनिर्देशन बमोजिम विद्यार्थी मूल्याङ्कनमा लेटर ग्रेडिङको प्रव्रिmया निर्धारण गरी विद्यालय तहको मूल्याङ्कन र प्रमाणीकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र विश्वसनियता कायम गर्न वाञ्छनीय भएकाले शिक्षा नियमावली, २०५९ को नियम १९२ को (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ तयार गरी लागु गरेको छ ।

पाठ्यघण्टा र कार्यघण्टालाई प्रमुख आधार
विद्यालय तहमा पठनपाठन सञ्चालनका लागि सामान्यतया साठी मिनेटको एक घन्टी मानिएकोछ । तर विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्न सक्नेछ । पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा (Credit Hour) मानिन्छ । मौजुदा पाठ्यव्रmमले व्यवस्था गरेको पठनपाठनको समयावधिलाई पाठ्यघण्टामा रूपान्तरण गरी प्रमाणीकरण गरिन्छ । शिक्षक र विद्यार्थीबिचमा प्रत्यक्ष संवाद र सहकार्य गरी गरिने सिकाइसम्बद्ध व्रिmयाकलाप र अतिरिक्त व्रिmयाकलापलाई पाठ्यघण्टामा गणना गरिन्छ । निर्णयात्मक मूल्याङ्कनका लागि लिइने परीक्षामा सहभागी हुन विद्यालय खुलेकोवा पठनपाठन भएको कुल दिनको ७५ प्रतिशत हाजिरी भएको हुनुपर्दछ । तर खुला विद्यालय तथा वैकल्पिक सिकाई प्रणालीमा अध्ययनरत विद्यार्थीको हाजिरी तथा मूल्याङ्कनसम्बन्धी व्यवस्थाको हकमा सम्बन्धित निर्देशिकामा उल्लेख भए बमोजिम हुन्छ । पाठ्यव्रmममा प्रयोगात्मक कार्यका लागि निर्दिष्ट पाठ्यघण्टा अनुसार कक्षा सञ्चालन गर्दा सिकाइ सम्बद्ध व्रिmयाकलाप तथा अतिरिक्त व्रिmयाकलापलाई आधार मानी मूल्याङ्कन गर्नु पर्ने छ ।

लेटर ग्रेडिङ प्रणालीको उद्देश्य
विद्यालय शिक्षामा लेटर ग्रेडिङ कार्यान्वयनको उद्देश्य देहाय अनुसार रहेका छन्ः
(क) विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने ।
(ख) सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठओटा अक्षरगत स्तरमा सूचित गर्ने
(ग) शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने ।
(घ) एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाइका अवसर प्रदान गर्ने ।

 

ग्रेड निर्धारण मापदण्ड
विद्यालय शिक्षा (कक्षा १–१२) मा लेटर ग्रेडिङ लागु गर्न देहाय बमोजिम ग्रेड निर्धारण गरिएको छ ।

 

लेटर ग्रेडिङको कार्यान्वयन विधि तथा ग्रेड वृद्धि परीक्षा
लेटर ग्रेडिङ कार्यान्वयन विधिमा प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिन्छ । परीक्षण र सम्परीक्षणबाट प्राप्त अङ्क (ग्रेड सिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अङ्क) लाई अक्षर गे्रडमा रूपान्तर गरिन्छ । सम्बन्धित तह वा कक्षा पूरा गरेको विद्यार्थीले प्राप्त ग्रेड सिटका आधारमा सम्बन्धित तह वा कक्षा पुरा गरेको भएमा पेसागत र प्राविधिक तथा व्यावसायिक शिक्षाको अवसर प्राप्त गर्ने छन्। अग्र अध्ययनका लागि भने सो तह वा कक्षा पूरा गरी स्तरीकृत अङ्क (GPA) सहितको ग्रेड सिट र मूल प्रमाणपत्र उपलब्ध गराइन्छ । विद्यार्थीहरूले प्राप्त गरेको ग्रेडको व्याख्या (Descriptor) लब्धाङ्क पत्रमा उल्लेख गरिन्छ ।

ग्रेड वृद्धि परीक्षा
ग्रेड वृद्धि परीक्षा र प्रमाण पत्रका सम्बन्धमा कक्षा आठ, कक्षा दश र कक्षा बाह्रमा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउेछ । तर विषयगत रूपमा आन्तरिकतर्फ C र सैद्धान्तिकतर्फ D ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध गराइने छैन । अन्य कक्षाको हकमा निर्देशिकाको प्रतिकूल नहुने गरी विद्यालयले नै गे्रड सिट र प्रमाणपत्र उपलब्ध गराउँछ । माथिल्लो कक्षा अध्ययनका लागि मूल प्रमाणपत्र अनिवार्य हुन्छ । मूल प्रमाण पत्र नलिई अग्र अध्ययन गरेमा समकक्षता प्रदान गरिने छैन । मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउने छन् र ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्याङ्कनमा सहभागी भई बाह्य मूल्याङ्कनमा संलग्न हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्याङ्कनको अङ्क तीन वर्षसम्म कायम रहनेछ । दुई विषयभन्दा बढी विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेमा वा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थी अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउँछन् । आन्तरिक मूल्याङ्कनमा तोकिएको ग्रेड प्राप्त नभई वार्षिक वा बाह्य परीक्षामा संलग्न भएको विद्यार्थीको परीक्षा रद्द हुन सेछ । विदेशी बोर्डहरूबाट अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीहरूको ग्रेड निर्धारण समेत कार्यविधि बमोजिम हुन्छ ।

मूल्याङ्कनलाई औपचारिक परीक्षाका रूपमा मात्र अभ्यास र उपयोग गर्ने परिपाटिको परिवर्तन हुन आवश्यक छ । परीक्षा नभएसम्म शिक्षणसिकाइ नै नभएको ठम्याई अझै पनि शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको हुने गरेको छ । सफलता, असफलता र श्रेणीकरणको परम्परागत अभयासबाट मूल्याङ्कन प्रणाली माथि उठ्न अझै सकेको देखिँदैन । त्यसको परिणामलाई नै गुणस्तरीय शिक्षाको मुख्य आधार नै परीक्षा मान्ने प्रचलन भएको भन्न अप्ठ्यारो मान्न पर्दैन । राम्रो प्रतिशत वा ग्रेड आयो भने गुणस्तरीय शिक्षा प्राप्त भएको भन्ने र सोहीअनुरूप आम जनसमुदायले मूल्याङ्कन गर्ने गरेको यथार्थता हाम्रो सामु छ । पुस्तकीय ज्ञानलाई लिखित वा मौखिक परीक्षाबाट मात्र मापन गर्ने परिपाटी पूर्ण नभएको, विद्यार्थीहरूका विभिन्न प्रतिभाहरूको मापन गर्न नसकिएको, मूल्याङ्कनलाई सिकाइ व्रिmयाकलाप जस्तै निरन्तर रूपमा कार्यान्वयन गर्न नसकिएको भन्ने टिकाटिप्पणी कार्यान्वयन तहदेखि नीति निर्माण तहसम्म प्रशस्त हुने गरेको छ । त्रैमासिक र अर्ध वार्षिक परीक्षाहरू पनि सुधारात्मक उन्ुमुख नभई निर्णयात्मक उन्मुख भएका र सोहीअनुरूप उपयोग गर्ने अभ्यास भईरहेको छ । यसै सन्दर्भमा विगतदेखि प्रचलनमा रहेको यस्तो मूल्याङ्कन प्रणालीमा परिवर्तन गर्नुपर्ने र मूल्याङ्कनलाई बालमैत्री बनाउन निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा ल्याउने विगतदेखिको प्रयासलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो ।

अबको बाटो
भविष्यमा निरन्तर विद्यार्थी मूल्याङ्कन अबको शिक्षाले विद्यार्थीमा निहित सम्पूर्ण प्रतिभाको विकास गर्ने खालको मूल्याङ्कन प्रणाली अपनाउनुपर्ने देखिन्छ । यसका लागि शिक्षणसिकाइमा पुस्तकीय व्रिmयाकलापको सीमाभन्दा बाहिर गएरसमेत प्रतिभाहरूको उन्नयनका लागि पर्याप्त र सहज अवसर प्रदान गर्नुपर्छ । आजका विद्यार्थीहरूलाई सोधेका प्रश्नहरूको जवाफ दिन सक्नेभन्दा पनि शिक्षकहरूलाई प्रश्न गर्न सक्ने बनाउनु परेको छ । भविष्यमा जुनसुकै क्षेत्रमा कार्य गर्न सक्ने कामको संसारसँग उपयुक्त हुने जनशक्तिको विकास गर्नु जिज्ञासु र निडर विद्यार्थी उत्पादन गर्नु परेको छ । यसका लागि काममुखी शिक्षा वा रोजगारमूलक शिक्षा, जीवनोपयोगी शिक्षा, नैतिक शिक्षा आदिका मूल्यमान्यतालाई शिक्षणसिकाइ व्रिmयाकलापमा समावेश गरी शिक्षण एवम् मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।

अहिलेसम्म हाम्रो शिक्षा प्रणाली के भन्ने कुरामा शिक्षण र मूल्याङ्कन केन्द्रित भइरहेको र सोहीअनुरूप शिक्षणसिकाइ व्रिmयाकलापहरू निर्देशित भइरहेको अवस्थामा अब यस्तो अवधारणा परिवर्तन गरी किन र कसरी भन्नेतर्फ शिक्षणसिकाइ र मूल्याङ्कन तरिका उपयोग गर्न सकेमा मात्र उत्पादित जनशक्तिले विश्वबजारमा आपूmलाई खपत गर्न सक्ने देखिन्छ । यी सबै मान्यताहरूलाई आवधिक मूल्याङ्कन प्रणालीले मात्र सम्बोधन गर्न सक्ने अवस्था छैन । तसर्थ मूल्याङ्कन प्रणालीलाई पनि लिखित परीक्षा प्रणालीबाट बाहिर ल्याउनुपर्ने अवस्था छ । व्यवहारमा आएका परिवर्तन लिखित परीक्षाबाट भन्दा पनि अवलोकनबाट गरिएको मूल्याङ्कन बढी वास्तविक हुन्छ । सबै प्रकारका ज्ञानसिपलाई कुनै सीमित साधन वा एक दुईपटकको परीक्षाले मात्र कदापि मापन गर्न सकिँदैन ।

यसै सन्दर्भमा चित्रकला, हस्तकला, खेलकुदको स्तर, गीत, नृत्य र अन्य व्रिmयाकलापहरूको मूल्याङ्कन गर्दा हामी लिखित वा मौखिक परीक्षाको माध्यमबाट नभई उनीहरूको कार्यसम्पादन स्तरलाई आधार मानेर मूल्याङ्कन गर्दछौँ । अर्थात् उनीहरूलाई ती कार्यहरू गर्न लगाई अवलोकनद्वारा मूल्याङ्कन गर्दछौँ । निरन्तर मूल्याङ्कन प्रणालीले यी सबैको अभिलेखीकरण गर्न र आवश्यकताअनुसार सुधारात्मक शिक्षण गर्न अभिप्रेरित गर्दछ । तर यी सबै व्रिmयाकलापहरू पाठ्यव्रmममा उल्लिखित सिकाइ उपलब्धिहरूको आधारमा तयार गर्नुपर्छ । यसो नगर्दा गन्तव्यहीन यात्रा गर्नुसरह हुन्छ । यसै सन्दर्भमा निरन्तर मूल्याङ्कनलाई सार्थक रूपमा कार्यान्वयन गर्न निम्नलिखित पक्षहरूमा ध्यान दिनुपर्ने देखिन्छ ः
१. प्रत्येक विद्यार्थीको वैयक्तिक अभिलेख राख्ने र व्यक्तिगत समस्या पहिचान गरी सुधारात्मक शिक्षण गर्ने ।
२. पाठ्यपुस्तक लक्ष्य होइन माध्यम मात्र हो भन्ने मान्यतालाई आत्मसात् गरी विद्यार्थीमा निहित सम्भावित प्रतिभाहरूको विकास गर्ने र सोहीअनुरूप मूल्याङ्कनका तरिका तथा विधिहरूमा पनि विविधता ल्याउने कार्यमा भरमग्दुर प्रयास गर्नुपर्ने देखिन्छ ।
३. परीक्षाको त्रास र संवेगात्मक असन्तुलनलाई न्यूनीकरण गर्न बालमैत्री मूल्याङ्कनका रूपमा रहेको निरन्तर मूल्याङ्कनको उपयोगलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।
४. मूल्याङ्कन सिकाइको होइन सिकाइका लागि हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सुधारात्मक मूल्याङ्कन र शिक्षणसमेत गर्नुपर्दछ ।
५. मूल्याङ्कनमा अभिभावकहरूको सहभागिता अभिवृद्धि गर्न प्रत्येक महिना विद्यार्थीको चौतर्फी प्रगतिका बारेमा अभिभावकहरूसँग उनीहरूको सिकाइ व्यवहार परिवर्तनबारे पनि जानकारी लिने वा दिने ।
६. स्थानीय तहमा निरन्तर मूल्याङ्कनसम्बन्धी अनुभव आदानप्रदान गर्ने र प्रणालीगत सुधारका लागि थप उपाय र तरिकाहरूको खोजी गर्ने ।
७. निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन प्रोत्साहन गर्ने परिपाटी बसाल्नुपर्छ ।
कार्यान्वयन गर्नेलाई प्रोत्साहन नगर्नु भनेको कार्यान्वयन नगर्नेलाई प्रोत्साहन गर्नु हो । तसर्थ राम्रो कार्यान्वयन गर्ने शिक्षकलाई विद्यालयले, राम्रो विद्यालयलाई स्थानीय तहले प्रोत्साहन गर्ने परिपाटीको थालनी हुन जरुरी छ ।

निष्कर्ष
मूल्याङ्कनलाई बालमैत्री बनाउन, समावेशी बनाउन र रुचिपूर्ण बनाउन निरन्तर मूल्याङ्कनको कार्यान्वयन आवश्यक छ । यसका लागि विद्यालय तहमा कार्यान्वयनको प्रतिबद्धता, स्थानीय तहको प्राविधिक सहयोग गर्ने प्रतिबद्धता, केन्द्र तहको व्यवस्थापकीय र नीतिगत सहयोगको प्रतिबद्धता एवम् सहजीकरण गर्ने प्रतिबद्धताको खाँचो ज्वलन्त रूपमा देखिएको छ । परीक्षामुखी संस्कारमा परिवर्तन, आधारभूत सुविधाहरूको उपलब्धता, सुदृढ अनुगमन र शिक्षक सहायता प्रणालीको स्थापना, सरोकारवालामा स्पष्ट अवधारणाको विकास गर्न सकिएमा मात्र निरन्तर मूल्याङ्कन प्रणालीलाई सफल रूपमा कार्यान्वयनमा लैजान सकिन्छ । मूल्याङ्कन प्रणाली फितलो हँुदा विद्यार्थीरूको सिकाइ उपलब्धि सही रूपमा मापन गर्न सकिँदैन, मापन गर्ने कार्य न भए पनि त्यो अधुरो हुन्छ । अहिलेसम्म पनि सिकाइको मूल्याकङ्न नै हावी भइरहेको देखिन्छ तर सिकाइका लागि मूल्याङ्कनको अभ्यास सन्तोषजनक हुन सकिरहेको छैन । बर्सौँ पुरानो आवधिक परीक्षा प्रणालीका मूल्याङ्कन साधनहरू पनि वैज्ञानिक तथा उन्नत स्तरका भइसकेका छैनन् ।

प्रत्येक विद्यालयका विषय शिक्षकहरूले आफ्नो विषयको मूल्याङ्कनका साधन निर्माण गर्दा विशिष्टीकरण तालिका निर्माण गरी निर्माण गर्ने प्रचलन ज्यादै न्यून मात्रामा रहेको देखिन्छ । विद्यार्थीको मूल्याङ्कन नियमित रूपमा अध्ययन अध्यापनको कार्यसँगै सञ्चालन गर्ने र प्राप्त नतिजाबाट पृष्ठपोषण लिनेदिने गरी सुधारात्मक शिक्षणसमेत गर्नुपर्ने देखिन्छ । यसको कार्यान्वयन चरणमा कठिनाइ आउन सक्छन्, कमीकमजोरी हुन सक्छन् त्यस्तो अवस्थामा सुधार गर्दै जानुपर्दछ । पूर्णताका लागि समय लाग्न सक्छ । दसकौँ पहिलादेखि अहिलेसम्म उपयोग भइरहेको आवधिक परीक्षा प्रणाली अझै पनि त्रुटिरहित हुन सकिरहेको छैन । तसर्थ निरन्तर म ूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गर्दै, अनुभव साट्दै, सिक्दै र सुधार गर्दै अघि बढ्नु राम्रो हुन्छ । सिकाइको मूल्याङ्कन हँुदै सिकाइका लागि मूल्याङ्कन र सिकाइमा मूल्याङकनलाइ जोड दिँदै निरन्तर मूल्याङ्कन प्रणलीलाई प्रयोगमा ल्याउन सकेमा मात्र सिकाइको सार्थक मूल्याङ्कन हुन सक्ने देखिन्छ । अनि मात्र सबैले सिक्न सक्छन् भन्ने मान्यता सार्थक हुन सक्छ ।

(नोट : लेखक जनक मा. वि., नमोबुद्धका विज्ञान शिक्षक, जनक बहुमुखी क्याम्पस, नमोबुद्धका प्राध्यापक तथा चैतन्य बहुमुखी क्याम्पस, बनेपाका गणित प्राध्यापक, शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एम्. एस्सी. र नेपाल खुला विश्वविद्यालयबाट गणित शिक्षामा एम्. फिल. उपाधि प्राप्त गर्नुभएको छ ।)


तपाईको प्रतिक्रिया