किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर : किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्। उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस