आज सेप्टेम्बर २७, विश्व पर्यटन दिवस । विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको २७ तारिखका दिनमा मनाइन्छ । सन १९८० देखि, संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठनले सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउन सुरु गरेको हो ।

‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको छ । हिमाली पर्वत शृङ्खला, सांस्कृतिक र जैव विविधताहरू, संस्कार संस्कृति जस्ता धेरै कारणहरूले गर्दा नेपाल एक पर्यटकीय गन्तव्य बनेको छ । हिमाली शृङ्खला अवलोकन , पदयात्रा, प्याराग्लाइडिङ वा एउटा सानो पैदल यात्रा भएपनि पर्यटकका लागि यसले धेरै कुरा प्रदान गरेको हुन्छ ।

यात्रा र अवलोकनले नयाँ चीजको ज्ञान प्रदान गर्छ । यात्रीलाई पूर्ण नयाँ परिप्रेक्ष्य दिन्छ । त्यसकारण पनि शान्त, रमणीय वातावरण, प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएका स्थलहरु खोज्दै खोज्दै पर्यटकहरु देशका विभिन्न स्थानहरु घुम्ने गर्छन् । त्यस्तै राजधानीबाट नजिक रहेको काभ्रे जिल्ला पनि पर्यटकहरुको रोजाइमा परेको छ ।

काभ्रे जिल्लाबाट गणेश हिमाल, गौरीशंकर, लाङटाङ लगायतका हिमाली श्रङ्खलाकोे दृश्य अवलोकन गर्न सकिने भएकाले पनि पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ । यहाँका प्राकृतिक सौन्र्दय, पुरातात्विक, मठ मन्दिर, सांस्कृतिक गतिविधि, जातजाति, भेष–भूषा, सूर्यदृश्य अवलोकन, अर्गानिक कृषि उत्पादन, मनोरोञ्जनात्मक गतिविधि जस्तै जिपलाइन, होम स्टे र होटलहरुले दिने सेवा लगायतले पर्यटकलाई मोहित बनाएको छ ।

काभ्रेको पर्यटकीय क्षेत्रको रुपमा परिचित धुलिखेल, पनौतीको पुरानो एवं प्रसिद्ध मन्दिर इन्द्रेश्वर मान्दिर, गोरखनाथ मन्दिर, पाँचखालको एतिहासिक पलाञ्चोक मन्दिर, बेथाचोकको नारायरण स्थान, नमोबुद्ध गुम्बा, रोशीको तिनधारे झरना लगायतका क्षेत्र पर्यटकीय केन्द्रको रुपमा परिचित छ । पर्यटनलाई संसारमा सबैभन्दा ठूलो उद्योगको रुपमा लिइन्छ । पर्यटनले रोजगारीको अवसर श्रृजना गर्ने, व्यवसायलाई प्रर्बद्धन गर्ने, कृषि उपज तथा उत्पादनमा बृद्धि गर्ने, कला संस्कृतिको आदानप्रदान गर्ने, सामाजिक कार्यमा सहभागीता बढ्ने एवं सर–सहयोग प्राप्त हुने भएकाले यसको महत्व बढि छ ।

विश्वभर फैलिएको कोरोना महामारीले हरेक क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । कोरोनाले  दुई वर्षदेखि नेपालको पर्यटन क्षेत्रलाई असर पारेको छ । त्यसकारण पनि यहाँको पर्यटकीय गतिविधि फस्टाउन सकेको छैन । नेपालमा अहिले कोरोना संक्रमणदर घटेसँगै यहाँको पर्यटकीय क्षेत्रमा चहलपहल सुरु भएको छ । विशेष गरेर सेप्टेम्बर र अक्टोबर महिना पर्यटकको लागि घुमघाम गर्ने याम हो । अहिलेको मौसम भनेको घुम्नको लागि उपयुक्त पनि हो । सिजनको बेला भएर पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बृद्धि भएको छ ।

लेखक
नारायण लामा
होम स्टे एसोसिएसन नेपालको अन्र्तराष्ट्रिय पर्यटन विभागका सदस्य एवं बागमती प्रदेश सदस्य

 

 


तपाईको प्रतिक्रिया