काभ्रे : जिल्ला स्थित बनेपाबाट सदस्यलाई बचत तथा ऋणको सेवा प्रवाह गर्दै आएको उग्रतिर्थ बचत तथा ऋण सहकारीको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा शनिबार संस्थाको प्राङ्गणमा १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सुर्य विनायक नगरपालिकामा कार्य क्षेत्र रहेको सो सहकारीले निरन्तर रुपमा सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको साधारण सभामा जानकारी गराइएको थियो ।

प्रमुख अतिथी ज्ञवालीले सहकारीले बचत तथा ऋणको मात्रै काम गर्ने नभएर ,व्यवसायी बनाउने, उत्पादनमा जोड दिने र बजारीकरणमा सहयोग गर्न सक्ने बताए । उनले उग्रंतिर्थ सहकारीले सामाजिक उत्तरदायित्वको कामलाई राम्रोसँग पुरा गरेको आफुले पाएको बताए ।

सहकारी राम्रोसँग बुझेको समुहले संचालन गरेको सहकारीले निरन्तर काभ्रेपलाञ्चोक जिल्लाका नागरिकको विश्वास जित्न सफल भएको आफूले पाएको बताउँदै सहकारीको नियमन, प्रोत्साहन र सहजीकरणको काम गरिरहेको बताए ।

जिल्ला सहकारी संघका अध्ययक्ष दिलिप शर्माले सहकारीको भिडमा उग्रतिर्थ साकोसको पहिचान बेग्लै भएको र आगामी दिनमा पनि सहकारीले राम्रोसँग काम गरेको बताए ।

सहकारीविज्ञ हरि बरिष्ठले सहकारीले समाजमा निक्कै ठूलो योगदान गरेपनि बैंकलाई जस्तो व्यवहार सहकारीलाई हुन नसकेको बताए ।कार्यक्रममा सहकारीकर्मी रोशन चौलागाईले सहकारीले सामाजिक उत्तरदायित्व लगायतका काम गरेको बताए । सबै सहकारीले कम्तिमा एउटा कार्य गर्न सकेमा त्यसले समाजमा योगदान दिन सक्ने बताए।

उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले उद्योग व्यवसाय बढाउन सहकारीको महत्व निक्कै रहेको बताए । उग्रतिर्थ सहकारीले उद्योगधन्दाको बृद्धिका लागि निक्कै राम्रो काम गरेको र त्यसको अनुशरण अरु सहकारीले पनि गर्न आवश्यक रहेको औल्याए । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ संचालक सदस्य वालकृष्ण दाहालले सहकारीले झट्ट हेर्दा एउटा क्षेत्रको मात्रै विकास भएको जस्तो देखिएपनि समग्र क्षेत्रको विकास गर्ने बताए ।

सहकारीका कर्मचारी सविना थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने शान्तमणी रिजालले प्रगती प्रतिवेदन पेस गरेका थिए । संस्थाको ५ करोड ७२ लाखको सेयर पुँजी, ५३ करोड निक्षेप संकलन, ६४ करोड कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।

सहकारीले हरेक वर्ष स्थापना दिवसको अवसरमा आजाद माविमा रहेका १० जना विद्यार्थीलाई छात्रवृत्ति, कार्य क्षेत्रमा रहेका एकल महिलाको आय स्रोत बढाउन सहुलियत दलमा ३ लाखसम्म ऋण प्रवाह गर्दै आएको जानकारी दिइएको थियो । सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष मोहन गजुरेलले गरेका थिए ।


तपाईको प्रतिक्रिया