काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको बनेपा बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा बनेपा साकोसको २३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथी शाक्यले सहकारीसँग समन्वय गरेर विकास निर्माणसँग अघि बढ्न चाहेको बताए । फोहोर व्यवस्थापन, बनेपाको सुरक्षा, ,वृक्षारोपण लगायतका कार्यमा आफूहरुले काम गर्न चाहेको उनले बताए । बनेपा बचत जस्ता सहकारीले कम्तिमा अहिले गरिरहेको सामाजिक उत्तरदायित्वभन्दा थप केही कुरा गर्न आवश्यक रहेको उनको भनाई थियो ।

चुनौतीपूर्ण वित्तिय बजारमा सहकारीले खेलेको भुमिका निक्कै उपलब्धीपूर्ण भएको बताउँदै सदस्यको चौतर्फी विकासमा सहयोग पु¥याउने हिसाबले काम गरिरहेको बनेपा साकोसका अध्यक्ष अमन पोटे श्रेष्ठले बताए ।

उनका अनुसार केभिडको महामारीमा समेत सहकारीले वित्तिय प्रगती बढाएको र त्यो कार्य निरनतर रहनेछ । जोखिम कम गर्न सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीको विकास, विगतका बर्षहरुमा जस्तै सामाजिक साँस्कृतिक क्षेत्रको कार्यलाई निरन्तरता दिने उनले बताए ।

संस्थाले एक वर्षमा गरेको प्रगतीको विवरण सहकारीका सचिव जितेन्द्र नकर्मीले पेसगरेका थिए । सहकारीमा २२ सय जना सेयर सदस्यले नियमित कारोबार गरिरहेका छन्। एक वर्षको आर्थिक प्रतिवेदन पेस कोषाध्यक्ष सुविन मानन्धरले पेस गरेका थिए ।

कार्यक्रममा २० करोड बचत, ४० करोड बचत संकलन, २३ करोड ऋण लगानी भएको जानकारी दिइएको थियो । लेखा प्रतिवेदन लेखा समितिको संयोजक जगदीप पलाञ्चोकेले पेस गरेका थिए ।


तपाईको प्रतिक्रिया