अर्घाखाँची : अर्घाखाँचीमा एक श्रीमानले लोहोरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् । मनकलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोरोले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ ।

मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको र त्यस विषयमा थप अनुसन्धानसमेत भइरहेको रिजालले जानकारी दिए ।


तपाईको प्रतिक्रिया