धनकुटा : धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ पात्ले बस्ने ५७ वर्षीय राज बहादुर राई रहेका छन् । उनको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित उद्धव कटुवालको घरमा ढोका बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाँकेमा पनि करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ । बाँके, खजुरा गाउँपालिका–२ बस्ने ५७ वर्षीय देवी प्रसाद भुषालको करेन्ट लागेर आज (शनिबार) बिहान मृत्यु भएको हो । आफ्नै घरमा अटो चार्जमा राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ् होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया