काठमाडौं : हास्य कलाकार बुद्धि तामाङ वैवाहिक सम्बन्धमा जोडिने भएका छन् । कलाकार तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । उनले मागी विवाह गर्न लागेका हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।


तपाईको प्रतिक्रिया