काठमाडौँ : विवादित बनेको हिन्दी संस्करणको फिल्म ‘प्रेम गीत ३’ लाई प्रदर्शन गर्न अनुमति दिइएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।

नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए ।

वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए ।

विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।  शुक्रबार नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी संस्करणमा यो फिल्म प्रदर्शनमा आउने छ ।

 


तपाईको प्रतिक्रिया