काठमाडौं : फिल्म ‘डिसेम्बर फल्स’ को बाँकी सुटिङ गरिन थालिएको छ । कोरोनाको पहिलो चरणको लकडाउनपछि छायांकन सुरु भएको फिल्म दोस्रो लकडाउनका कारण रोकिएको थियो ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् ।  रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन्। राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारले अभिनय रहनेछ ।

बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्ने फिल्म डिसेम्बर महिनाभित्र प्रदर्शन गर्ने तयारी भइरहेको कार्यकारी निर्माता रिजालले बताए ।

फिल्मले प्रेमकथा र रियालिटी घटना कथाको रुपमा उठाएको छ ।


तपाईको प्रतिक्रिया