काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकपको ट्रफी नेपाल ल्याइने भएको छ। विश्व क्रिकेट परिषद् (आईसीसी) ले यो वर्षको टी–ट्वान्टी विश्वकप शुरु हुन १०० दिन बाँकी रहेको उपलक्ष्यमा आजबाट विश्वकप ट्रफी टूरको शुरुआत गरेको छ। यही टूरअन्तर्गत ट्रफी पहिलोपटक नेपाल ल्याइन लागेको हो।

टूरअन्तर्गत ट्रफी पुर्‍याइने शहरको सूचीमा आईसीसीले नेपालको नाम पनि समावेश गरेको छ। टी–ट्वान्टी विश्वकपको ट्रफीको विश्व टूर आजै (शुत्रबार) देखि अष्ट्रेलियाको मेलबर्न शहरबाट शुरु भएको छ। अष्ट्रेलिया यो वर्षको टी–ट्वान्टी विश्वकपको आयोजक राष्ट्र हो।

यस टूरअन्तर्गत ट्रफीलाई चार महाराष्ट्रका १३ देशअन्तर्गतका ३५ शहरमा पुर्‍याइनेछ। यो टूरमध्ये १० राष्ट्रमा पहिलोपटक विश्वकप ट्रफी लग्न लागिएको आईसीसीले जनाएको छ। जसमध्ये नेपाल पनि एक हो।

काठमाडौंमा आगामी अगष्ट ३० तारिखमा ट्रफी आइपुग्ने आईसीसीको तालिकामा छ। अष्ट्रेलियाको पर्थबाट काठमाडौं ल्याने ट्रफी अगष्ट ३० र ३१ मा नेपालमा राखेर यहाँबाट सिंगापुर लगिनेछ।

 


तपाईको प्रतिक्रिया