काभ्रे : नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय राजकुमार हुमागाईँसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुमागाईसंगै गोरखाको बारपाक सुलिकोट– ७ का ३७ वर्षीय विकाश अमगाईं र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनी
रहेका छन । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका हुमागाईँसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। कोइरालाका अनुसार अनुसन्धानमा नक्कली  प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए।


तपाईको प्रतिक्रिया