काभ्रे : काभ्रेमा आज सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भुम्लु गाउँपालिका–१० चाखोलामा बा.४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया