काभ्रे :  जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ स्थित घर्तिछापमा रहेको अमरावती र ज्यामिरे सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।

आठौँ चुरे दिवसको अवसरमा देशभर ‘एक दिनमा एक लाख विरुवा वृक्षरोपण’ कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेको अमरावती र ज्यामिरे सामुदायिक वनमा नेपाली सेनाले आज आठौँ चुरे दिवसको अवसरमा तीन सय वटा बोट विरुवा रोपेको हो । नेपाली सेनाले दुई वटा सामुदायिक वनमा विभिन्न जातका बोट विरुवा रोपेको हो ।

नेपाली सेनाले गाउँपालिकाको वडा नं ६ मा रहेको अमरावती समाुदायिक वनमा मसला जातका एक सय वटा , एभोकार्डा जातको २० वटा, कपुर जातको ३० वटा , उत्तिस जातको ४० वटा र चाँप जातको पाँच वटा विरुवाहरु रोपेको हो ।

त्यस्तै गाउँपालिकाकै वडा नं ६ स्थित ज्यामिरे सामुदायिक वनमा मसला जातको ५० वटा, एभोकार्डा जातको १५ वटा, कपुर जातको २० वटा र उत्तिस जातको २० वटा विरुवाहरु नेपाली सेनाले रोपेको हो ।


तपाईको प्रतिक्रिया