धुलिखेल–११को पहिलो निर्णय : मुटु, क्यान्सर र मिर्गौला रोगका बिरामीलाई साहायता प्रदान गरिने

काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भएसँगै जिल्लाका जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् । पदभारसँगै जनप्रतिनिधि कार्य प्रारम्भमा लागि सकेका छन्।

त्यस्तै जिल्लाको धुलिखेल नगरपालिका वडा नं ११ मा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले मुटु रोगी क्यान्सर पीडित , मिर्गौला रोगी लाई साहायता गर्ने पहिलो निर्णय गरेको छ ।

त्यस्तै बैठकले निःशुल्क पशु बिमा गर्ने पनि निर्णय गरेको छ । यसका साथै वडालाई किसान मैत्री वडा निर्माण गरिने पनि बैठकले निर्णलय गरेको छ । धुलिखेल नगरपलिका वडा न ११ नवनिर्वाचित वडा अध्यक्ष नारायण प्रसाद बडालले पदभार ग्रहण र जनताप्रति उत्तरदायी निर्णय गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस