काभ्रे : जिल्ला सुरक्षा समिति काभ्रेले जिल्ला स्थित सुरक्षा निकायका प्रमुखलाई सम्मान गरेको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गर्ने जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखलाई समितिले आज सम्मान गरेको हो ।

जिल्लाका सुरक्षा निकायका प्रमुखसहित जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत वरिष्ठ प्रहरी हवलदार सिताराम माझीलाई पनि सम्मान गरिएको छ।

स्थानीय तहको निर्वाचनमा चुनौतीपूर्ण माहोलका बिच मतदान स्थलमा शान्ति सुरक्षा कायम राख्दै निर्वाचन सफल बनाउनका लागि उत्कृष्ट कार्य प्रस्तुत गर्ने वरिष्ठ प्रहरी हवलदार सिताराम माझीलाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक हुमकला पाण्डेले बताइन् ।

‘नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपश्चात उच्च मनोबलका साथ अहोरात्र फिल्डमा खटिएर सुरुदेखि नै आफ्नो कर्तव्य निर्वाह गरेर स्थानीय तहको निर्वाचनलाई सफल रुपमा शान्तिपूर्ण रुपमा, स्वच्छ वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको हुनाले जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुखसहित वरिष्ठ प्रहरी हवलदार सिताराम माझीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो,’ उनले भनिन् ।

समितिले  नेपाली सेनाका प्रमुख सेनानी मिलन थापा,काभ्रेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्ष चक्रराज जोशी, सशस्त्र प्रहरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, उप–अनुसन्धान निदेर्शक नगेन्द्र दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र वरिष्ठ प्रहरी हलवदार सिताराम माझीलाई प्रशंसा पत्र सहित सम्मान गरेको हो ।

 


तपाईको प्रतिक्रिया