काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिक,गर्भवती, सुत्केरी र बिपन्न गरिबलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाट नगरका जेष्ठ नागरिक,गर्भवती, सुत्केरी र बिपन्न गरिबलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय भएको हो ।

त्यस्तै बैठकले दलित मैत्री शहर धुलिखेल बनाउने निर्णय पनि बैठकले गरेको छ । छुवाछूत अन्त, आर्थिक, सामाजिक गरिबी निवारण गर्दै दलित मैत्रीपुर्ण सहर बनाउने निर्णय गरेको छ ।

बैठकको निर्ण अनुसार धुलिखेल नगरको सबै नक्सा पास प्रक्रिया विद्युतीय कारोबार प्रणाली मार्फत हुनेछ । साउन १ गतेदेखि लागु हुनेगरी धुलिखेल नगर पालिका र वडा कार्यालयहरु समेत डिजिटल सिग्नेचर लागू हुने बैठकमा निर्णय भएको छ ।


तपाईको प्रतिक्रिया