काठमाडौं : हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।

नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं(सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ। स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको(फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।


तपाईको प्रतिक्रिया