काभ्रे : जिल्लाको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामाले आज (सोमबार) पदभार ग्रहण गरेका छन्। पालिका अध्यक्ष लामाले पदभार ग्रहणसंगै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय निर्णय गरेका छन् ।

रोशी गाउँपालिका भित्र रहेका ६० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकालाइ निःशुल्क स्वास्थ बिमा गर्ने पहिलो निर्णय गरिएको छ। रोशीमा ३ हजार २ सयभन्दा बढी जेष्ठ नगारिकहरु छन्। उनीहरुको स्वास्थको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्का बिमा गर्ने पहिलो निर्णय गरेको लामाले बताए।


तपाईको प्रतिक्रिया