काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार खरेलले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गर्दा अधिकारीले ८ हजार ११५ मात्र मत प्राप्त गरेका छन् ।

त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी भएकी छन् । दनुवारले उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित गरेकी छिन् । दनुवारले ९ हजार ५३४ मत प्राप्त गर्दा गौतमले ९ हजार १० मत मात्र प्राप्त गरेका छन् ।


तपाईको प्रतिक्रिया