सिरहा : सिरहामा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीका अनुसार मृतकको बाबु–छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो । विवाहमा गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु–छोराको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०–१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।

सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए । घटनास्थललाई प्रहरीले सिल गरिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया