बेथानचोकको अध्यक्षमा काँग्रेसबाट भगवान र उपाध्यक्षमा माओवादीबाट तारा बिजयी

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा गठबन्धनको जित भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना बिजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस