काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाको वडा नं २ मा मत गणना सम्पन्न भएको छ । नगरको वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार अर्जुन न्यौपाने बिजयी भएका छन् । उनी ३ सय १९ मत अन्तरले बिजयी भएका हुन् ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार न्यौपानेले ९ सय ४५ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार द्रण बहादुर खत्रीले ६ सय २६ मत ल्याएका छन् ।

धुलिखेल नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।


तपाईको प्रतिक्रिया