काभ्रे : जिल्लाको १३ वटा स्थानीय तहमध्ये ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सम्पन्न भएको ४ वटा वडामध्ये २ वटा वडामा नेपाली काँग्रेस र २ वटा वडामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नं १ र बेथानचोक गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेस बिजयी भएको छ । त्यस्तै भुम्लु गाउँपालिकाको वडा नं १ र महाभारत गाउँपालिकाको वडा नं १ मा माओवादी केन्द्र बिजयी भएको छ ।

अहिले जिल्लाको पाँचखाल नगरपालिका बाहेक अन्य १२ वटा पालिकाको मतगणना भइरहेको जानकारी प्राप्त भएको छ ।


तपाईको प्रतिक्रिया