काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं १३ स्थित श्रीराम मा.वि मतदान केन्द्रमा जेष्ठ ३ गते पुनः मतदान हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आज एक सूचना जारी गर्दै श्रीराम मा.वि मतदान केन्द्रमा जेष्ठ ३ गते निर्वाचन हुने बारे जानकारी गराएको छ । निर्वाचनको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको लागि समय तालिका निर्धारण गरिएको छ ।

श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा झडपमा भएपछि बैशाख ३० गतेको निर्वाचन स्थगित भएको थियो ।  मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको थियो ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको थियो ।


तपाईको प्रतिक्रिया