काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिकाको वडा नं १ मा मत गणना कार्य जारी छ । वडा नं १ मा ६० मत गणना हुदाँ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

हालसम्मको मतगणनाको विवरण अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवारले २७ मत पाएका छन् भने गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले २६ मत पाएका छन् ।

त्यस्तै उप–प्रमुख पदमा पनि एमालेकै अग्रता रहेको छ । एमालेका उम्मेदवारले ३१ मत प्राप्त गरेकी छिन् भने माओवादीको उम्मेदवारले १३ मत पाएका छन् । यता वडा अध्यक्षतर्फ पनि एमाले शिर्ष स्थानमा रहेको छ । एमालेका उम्मेदवारले २१ मत , नेपाली काँग्रेसका उम्मेदवारले ५ र माओवादीका उम्मेदवारले ४ मत पाएका छन् ।


तपाईको प्रतिक्रिया