काभ्रे : जिल्लाको पनौती नगरपालिका वडा नं १ मा मतगणना कार्य जारी छ । वडा नं १ मा १ सय मत गाणना हुदाँ गठबन्धन अग्र स्थानमा रहेको छ । नगर प्रमुख पदका लागि गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले ५२ मत ल्याएका छन् भने नेकपा एमालेले ४१ मत ल्याएका छन्

त्यस्तै उप–प्रमुख पदमा भने गठबन्धन र नेकपा एमालेको मत बराबर रहेको छ । नेकपा एमालेका उम्मेदवारले ३९ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पनि ३९ मत पाएका छन् ।

यता वडा अध्यक्ष पदमा गठबन्धन अग्र स्थानमा रहेको छ । गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले ५८ मत पाएका छन् भने एमालेका उम्मेदवारले ३७ मत पाएका छन्।


तपाईको प्रतिक्रिया