काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं १ मा गठबन्धनको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार भुम्लु गाउँपालिकाको वडा नं १ मा गठबन्धनले अग्रता लिएको देखिन्छ ।

वडा नं १ को १५ सय २२ मत गणना हुदाँ गाउँपालिकामा गठबन्धन अगाडी छ । गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनतर्फका उम्मेदवारले ७ सय ६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ५ सय ९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा पनि गठबन्धनकै अग्रता छ । उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ७ सय ७१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ४ सय ८९ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्ष पदमा पनि गठबन्धन अग्र स्थानमा छ । गठबन्धनतर्फका उम्मेदवारले ८ सय ६९मत पाएका छन् भने एमालेका उम्मेदवारले ४ सय ९९ मत पाएका छन् ।


तपाईको प्रतिक्रिया