काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाको वडा न. १ को मत गणना कार्य जारी छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनको अग्रता रहेको छ र उपाध्यक्ष र वडा अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको देखिन्छ ।

वडा नं १ को १ सय मत गणना हुदाँ पालिका अध्यक्ष पदमा गठबन्धनतर्फ माओवादीका उम्मेदवार अग्र स्थानमा रहेका छन् । माओवादीका उम्मेदवारले ५० लमत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।

यता उपाध्यक्ष पदमा भने नेकपा एमाले अग्र स्थानमा रहेको छ । एमालेका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन् भने गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा अध्यक्षतर्फ पनि एमालेकै अग्रता रहेको छ । एमालेका उम्मेदवारले ४९ मत ल्याएका छन् भने माओवादीका उम्मेदवारले४५ मत ल्याएका छन् ।


तपाईको प्रतिक्रिया