काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ मा मतगणना कार्य जारी छ । पछिल्लो मत परिणाम अनुसार बेथानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्ध अग्र स्थानमा देखिन्छ ।

गाउँपालिकाको वडा नं १ मा ६ सय मत गणना हुदाँ पालिकाका अध्यक्ष पदमा गठबन्धनतर्फका नेपालीका काँग्रेसका रुख चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनतर्फ काँग्रेसका उम्मेदवारले ३ सय २५ मत ल्याएका छन् भने नेकपा एमालेका सूर्य चिन्हका उम्मेदवारले २ सय ३४ मत ल्याएका छन् ।

तयस्तै उपाध्यक्ष पदमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनतर्फ माओवादीका उम्मेदवारले २ सय ६७ मत ल्याएकी छिन् भने नेकपा एमालेका उम्मेदवारले २ सय ३७ मत ल्याएकी छिन् ।

यता वडा अध्यक्षतर्फ भने नेकपा एमालेले अग्रता लिएको छ । वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले ३ सय ९ मत ल्याएका छन् भने गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले २ सय ७५ मत ल्याएका छन् ।


तपाईको प्रतिक्रिया