काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ मा जन्म भएको दीपेन्द्र देवजु श्रेष्ठ हाल अहिले धुलिखेल नगरपालिका वडा नं ७ को वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हुन ।

नयाँ जोश जाँगर र नयाँ भिजनका साथ देउजु विकासी एजेण्डा लिएर जनताको विश्वास जित्न चुनावी मावलमा आएका छन । मेकानिकल इन्जिनिरयरिङ्गमा स्नातक गर्नु भएका देवजु नेपाली सेनाको अधिक्रूत तहमा २० बर्ष सेवा गरेर हालमात्र अबकास लिएर राजनितीको माध्यमबाट समाज सेवा गर्ने उदेश्यले उम्मेदवार दिएका हुन ।

देवजुले अहिले चुनावी मावालमा मात्र नभएर सधैं देशको लागी केही गर्न पर्छ भनेर बिभिन्न जिल्ला पुगेर दु:ख पाएका नागरिकको सारथी बन्ने गर्थे । अब झन जनताको लागी केही गर्न समय आएको देवजुले बताए ।

धुलिखेल नगरपालिका वडा न ७ का वडाअध्यक्ष उम्मेदवार पूर्व कर्नेल तथा इन्जिनियर दिपेन्द्र देवजु श्रेष्ठ संलग्न केहि सामाजिक कार्यहरु :

* इन्जिनियरिङ्ग अध्यनको समयमा धुलिखेलमा एउटा पुस्तकालयको आवस्यक्ता महसुस गरि धुलिखेल पुस्तकालयको स्थापना र संचालन गरेको |
* शैक्षिक क्षेत्रको बिकाशको लागि धुलिखेल र धुलिखेल वरिपरिका विभिन्न बिद्यालयहरुमा आफ्नै बिशेस सक्रियतामा संजिवनी ०४९ समूह मार्फत अति बिपन्न बिद्यार्थीहरुलाई विभिन्न सहयोगहरु गरेको |
* महाभूकम्पको समयमा आफ्नो नेत्रित्वमा संजिवनी ०४९ समूहका साथीहरु संग मिलेर धुलिखेल, सिन्धुपाल्चोक, साखु, ललितपुर लगायत अत्यन्त प्रभावित तथा बिकट क्षेत्रहरुमा बिशेस सहयोग गरेको |
* अड्डा बजार क्षेत्रमा टोल सुधार समिति मार्फत बगैचा र चौतारी निर्माण तथा सरसफाई अभियान संचालन गरेको |

वडामा स्थानीय सुशासन कायम गर्नुको साथै समातामूलक विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली काँग्रेसको चुनावी चिन्ह रुखमा मतदान गर्न उनले वडाबासी अपिलसमेत गरेका छन् ।


तपाईको प्रतिक्रिया