– भीम न्यौपाने,

नेकपा एमालेबाट पनौती नगरका प्रमुख पदका उम्मेदवार

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार बनेका भीम न्यौपाने पनौती नगरबासीका लागि  परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएर मात्र होइन, संघीयतालाई फलाउने,फुलाउने अनि जनताको सेवक बनेर जनतासँग सदैव साथमा रहने एक आर्दशवादी नेता हुन् । उनलाई काभ्रेपलाञ्चोक जिल्लाले असर अभिभावकको रुपमा हेर्छ । अझ कम्युनिस्ट नेता कार्यकर्ताले उनको मुहारमा मनमोहन अधिकारीको चित्र देख्छ ।

सालिन व्यक्तित्व भद्र स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा भीम न्यौपाने पनौतीबासीका आँखा अगाडि झुल्किरहेको हुन्छन् । उनको आवाज पनौतीबासीको कानमा अक्सर गुुञ्जिरहेकै हुन्छ । विविध पृष्ठभूमिलाई आधार बनाएर उनी अहिले पनौती नगरको मेयरको प्रत्यासी छन् । अनि जितको सन्मुख ।

पाँच बर्ष उनले आफूलाई को हुन् भनेर प्रमाणित गरिसकेका छन् । पाँच बर्ष पनौती नगरपालिकाको नेतृत्वमा उनले कहिल्यै आफ्नो र अर्काको भनेर भेदभाव गरेनन् । सदैव आफ्ना साथीको रुपमा हेरे । अन्यायको कुरा परै छाँडौ असल जनसेवक बने ।

काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर नगर पनौतीका मेयर भीम न्यौपाने सहजभित्रका सहज अनि नरम भित्रका नरम नेता हुन । हजारौ गुण भएका न्यौपानेसँग थोरै मात्रै अवगुण छन् । त्यो अवगुण भनेको सत्य बोल्नुहुन्छ अनि भष्ट्राचार गर्दैनन् । भन्छन् मेरो अवगुणले मेरो दैनिक जीवनमा अप्ठारो पार्छ होला । सामाजिक र धार्मिक कार्यमा खामभरि पैसा दिन सक्दिन होला । तर मनमा सन्तुष्टि छ ।

भीम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौं उदाहरणीय काम गरेर लोकप्रिय जननेता बने ।  संघीयता कार्यान्वयनमा स्थानीय तहको भुमिका कस्तो हुन्छ । स्थानीय तहले चाहेमा कसरी विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले पाँच बर्षमा पूरा गरे । सादा जीवन सामान्य पोशाक अनि सरलीकृत जीवनशैलीका धनी न्यौपाने ७५३ स्थानीय तहका एक उदाहरण हुन् ।

आम नागरिक भन्छन्, भनेको जति काम गर्न सकेनन् होला तर भीम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक बनेर सेवा गरिरहे । जनताको साथ पाए । पार्टीले दिएको जिम्मेवारी अक्षरसः पालना गरे । पनौती नगरपालिकाका पूर्व मेयर भीम न्यौपाने जसले पनौतीको जनताको सधै साथ पाए । उनले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताए ।  पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गरेनन् ।  पुनः जनताबाट अनुमोदित हुन मेयर पदमा उम्मेदबारी दिए ।

जुन नगर कृषि, पशुपालन र साँस्कृतिक सम्पदा अथक रहेको नगरको रुपमा जिल्लामा छुट्टै पहिचान रहेको छ । न्यौपानेको पाँचबर्षे कार्यकालमा धेरै कुरामा परिवर्तन भएको नगरबासीहरु सुनाउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा बिकाससंगै पुरानो जात्रै जात्रा हुने सहर पनौतीको विकासको लागि न्यौपानेको ठूलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ न्यौपाने ।

मेयर न्यौपानेको कार्यकालमा नगरका धेरै जसो वर्षौदेखि अलपत्र परेका आयोजनाहरुले गति लिए । भूकम्पपछिको पुन ः निर्माणले आफ्नो गन्तव्य पूरा ग¥यो, शिक्षा स्वास्थ्य, कृषि, पर्या–पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, ऐतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले ।

नगरका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ति न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी प्रौऔद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भयो । पनौतीका अधिकांश विद्यालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुनः निर्माण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव स्थापनामा जोड दिइएको छ ।

निर्वाचनमा केही नपाएर न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहेका छन् । आलोचना सुन्न रुचाउने न्यौपाने पत्रकारसँग भेट्दा आफ्ना गल्ति भनिदिन आग्रह गर्छन् । पाँच बर्षको कार्यकालमा बालमैत्री नगर घोषणामात्रै भएन नेपालकै पहिलो मानव अधिकार तथा न्याय मैत्री स्थानीय तह बन्यो पनौती ।

पूर्ण साक्षर नगर घोषणा भएको पनौतीलाई उहाँकै कार्यकालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मात्रै उनी रोकिएनन् । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकको आम्दानी बढाउने प्रयास थाले ।

ऐतिहासिक नगर पनौती क्षेत्रलाई बिश्व सम्पदामा सूचिकृतको लागि पहल गरेका उनले पर्यटक भित्राउन चरा संरक्षण क्षेत्र घोषणा गरे ।  घर घरमै पुगेर गरिब जनताको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरे । गरिब नागरिकको निःशुल्क बिजुलीको पैसा तिर्ने कार्यको सुरुवात गरे । एकल महिलालाई मासिक भत्ता दिन थाले । जिल्लाकै बनेपा र धुलिखेलमा पुण्यमाता खोलाले बितण्डा मच्चाउँदा पनौतीमा कम क्षति हुन्छ । त्यो कार्यको योजना उहाँले नै करिडोर मार्फत सफल पारे । गम्भीर प्रकृतिका रोग लागेका नगरवासीलाई आर्थिक सहयोग गर्दै कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था गरे ।  नगर अस्पतालको लागि जग्गा व्यवस्थापन गरे ।  बर्षौदेखिको विवादमा रहेको रंगशालाको जग्गा व्यवस्थापन गरेर उदाहरणीय बने ।  पनौती, बनेपा, पनौती कुशादेवी सडकमा पहलकदमी लिई विस्तारसहित कालोपत्रे र खोपासी सडक विस्तारमा योगदान दिए । सडक भएर पनि राष्ट्रिय, क्षेत्रीय राजमार्गमा नपरेको पनौती सडकलाई क्षेत्रीय सडकको रुपमा दर्ज गराए । अनि कालोपत्र गरे ।

सुन्थान नमोबुद्ध सडक विस्तारसहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरणमा पु¥याउनुभयो । पनौतीमा दुईवटा सहिद पार्कको निर्माण सम्पन्नतर्फ उन्मुख भएका छन् । प्याराग्लाईडिङ तालिम र उडानमा सफलता हासिल भएको छ ।पशुपंक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो (भैसी प्रवद्र्धन, पशु बीमा, पाडापाडी जन्म दर्ता, भैँसी सुत्केरी भत्ता) दिनुभयो । जसको अनुशरण नेपालका ७० भन्दा धेरै पालिकाले अहिले गरिरहेका छन् ।

न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवासहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । पनौतीमा निर्माणाधीन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित तीनमहिनाभित्र सञ्चालनमा ल्याइने वताए । सबै नगरवासीको स्वास्थ्य बीमा गरिने समेत उहाँले प्रतिवद्धता जनाए । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पूर्ण स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताए । उनै न्यौपानेसँगको कुराकानीको सम्पादित अंश

तपाईको उम्मेदबारी किन ?

पहिलो कुरा चाहिँ म एउटा भुइँमान्छे हुँ । म यहींको माटोसँग खेलें । माटोसँगै हुर्किएँ । यहाँका जरा, बुट्टा, खोलानालासँग परिचित भएँ । सबै जातजाति, धर्म, संस्कृति, परम्परा, सम्प्रदायलगायत सबैखाले मान्छेसँग घुलमिल हुन पाएँ । सबैसँगको सम्बन्ध प्रगाढ बन्यो । सबैले अहिलेसम्म गर्नुभएको माया मेरो उम्मेदवारीको आधार हो । अघिल्लो पटक मलाई माया गर्नुभयो । विश्वास गर्नुभयो । मैले त्यसलाई पुरा गरे । अब केही प्रयास थालेको छु । त्यसलाई मुर्त रुप दिनका लागि उम्मेदबारी दिएको छु ।

पनौतीको माटोले के मागिरहेको छ भन्ने पनि मैले स्पष्ट बुझ्न पाएको छु । पनौती नगरका सबै ठाउँ मेरो घर हो । प्रत्येक घरमा एक अम्खोरा भएपनि पानी पिएको छु । सँगै बसेर एक मुठ्ठी मकै  खाएको छु ।

त्यसैले त्यहाँका समस्या के हुन्, आवश्यकता र अवसर के हन् भन्ने मलाई थाहा छ । २०७४ सालमा हाम्रो नगरमा मेरो नेतृत्वमा  रहेको जनप्रतिनिधिको टिमले नगरको एउटा मार्गचित्र कोरेको छ । त्यसबेला नगरमा विकास–निर्माणको जुन मोडालिटी अघि सारिएको छ, त्यसले चाहँदा त विकास हुँदोरहेछ भन्ने मानिसलाई आशा जगाएको छ । म त्यसैलाई निरन्तरता दिन्छु र थप नयाँ अवधारणामा काम गर्छु । जित्ने विश्वासमा छु ।

नगरका सम्भावना उजागर गर्न कस्ता योजना र कार्यक्रम ल्याउनु भएको छ ?

पाँच बर्षमा पनौती कस्तो हुनुपर्छ भन्ने उदाहरण देखाउनेछु । संघीयताको सफल मोडल कार्यान्वयन भएको स्थानीय तहको रुपमा पनौती नगरपालिका पर्ने भएकाले मैले लिखित प्रतिबद्धता पत्रमार्फत् नै आफ्नो र पार्टीको योजना सार्वजनिक गरेको छु ।

अरु नगरपालिकाको मेयरको कार्यकक्षमा सेवाग्राहीले लाइन लागेर कुर्नु परेको समाचार आएन । मैले कुनै दिन सेवाग्राहीलाई  पनौतीमा आएर कुर्ने बनाईन ।  मेयरलाई कुनै कार्यक्रममा बोलाउन अनेकौं बिन्ती चढाउनुपर्छ म त आफै गाउँमा ढिडो खान बोलाउनुस् न भन्ने मेयर हो । हामीले सबै जनताको हात हातमा सो घोषणापत्र पु¥याएका छौ । संचारमाध्यममा प्रकाशक गरेका छौ । सोही अनुसार काम गर्छौ ।

तपाईले ल्याउनु भएका योजना कार्यान्वयनमा चुनौती चाहिँ छन् कि छैनन् ?

चुनौती नहुने त कुरै भएन । जहाँ नयाँ काम गर्न खोजिन्छ, चुनौती ठडिइहाल्छन् । जब तपाई सपना देख्नु हुन्छ भने तपाई ब्युँझिनु पनि हुन्छ । ब्युँझिनु चाहिँ सपना टुट्नु हो । तर, मैले देखेको सपना निद्रामा देखेको होइन, ननिदाएका बेला देखेको हो । त्यसैले आएका चुनौती सामना गर्ने बलियो हिम्मत पनि छ । मैले आजसम्म यो नगरका नागरिकमा जति भिज्न सकेको छु, त्यो नै मेरो चुनौती सामना गर्ने बल हो ।

प्रत्येकजसो घरको पानी खाएको छु । सबैसँग जोडिएको छु । नागरिकको माग र आवश्यकता प्रायः स्वभाविक नै हुन्छन् । तिनलाई पूरा गर्न पनि समस्या हुँदैन । तर, नागरिकका आवश्यकता र समस्याको समाधान गर्ने तरिका चाहिँ अलि नपुगेको मलाई लाग्छ । त्यो तरिका पुग्यो भने चुनौती समाधान भइहाल्छन् । आवश्यक परे विज्ञको समेत सहयोग लिएर समस्या समाधानको मोडालिटी बनाइन्छ ।

स्थानीय तह तथा त्यसअन्तर्गतका कतिपय कार्यालय आर्थिक र राजनीतिक हिसाबले पनि आलोचित भइरहेका छन् । विभिन्न किसिमका विकृति देखिन थालेको चर्चा हुन्छ, यसलाई हटाउन कस्तो योजना बनाउनु भएको छ  ?

स्थानीय तह भनेको स्थानीय सरकार हो । २०७४ सालमा स्थानीय तह गठन हुँदा त्यो सरकार हिँड्ने स्पष्ट बाटो थिएन । कानुन, विधि, विधान आफैं बनाउनुपर्ने अवस्था थियो । तत्काल त्यो सरकारले आफू हिंड्ने बाटो (कानुन) बनायो । समय धेरै त्यहाँ गयो । त्यति हुँदा पनि इलाम नगरमा विकास–निर्माण सामाजिक सुधारका काम नभएका होइनन् । कतिपय अवस्थामा अनुगमनको कमी हुँदा विकृति देखिएका हुनसक्छन् । अब हामी हिंड्ने बाटो बनेको छ । त्यही बाटो भएर हामी नागरिकको घरदैलोसम्म पुग्न सक्ने भएका छौं । सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति चनाखो भएर अघि बढ्न हामी सधैं चिन्तनशील छौं । अबको कार्यकाल भनेकै धेरैभन्दा धेरै नागरिको आवाज सुन्ने र समस्या समाधानमा केन्द्रित हुनेमा ढुक्क हुन आग्रह छ ।

स्थानीय सरकार सञ्चालन गर्ने एउटा मूल कडी आर्थिक स्रोतको व्यवस्थापन गर्नसक्नु हो । त्यसको ठोस योजना के छ ?

आर्थिक स्रोतको व्यवस्थापन सरकार सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो । सरकार सञ्चालनको मेरुदण्ड नै हो । स्रोत नहुँदा चल्न सकिंदैन । स्थानीय सरकार सञ्चालनका लागि केन्द्रबाट आउने स्रोतको मात्रै भर पर्ने अवस्था छैन । हामीले कुनै न कुनै सिर्जनशील काम गर्नेपर्ने हुन्छ । नगरको आर्थिक स्रोतका प्रकार अध्ययन गर्नेछौं । जुन आवश्यक छ, त्यसको जिम्मेवारी मात्र नागरिकलाई दिनेछौं । नागरिकलाई करको भारबाट बचाउन वैकल्पिक स्रोत व्यवस्थापन गर्नु आवश्यक छ । वैकल्पिक स्रोत खोजेर भए पनि नागरिकलाई भारी करबाट चाहिँ मुक्ति दिनु मेरो कर्तव्य हो । अहिलेको आवश्यकता पनि हो । करको दर नभई दायरा फराकिलो बनाउन सकिन्छ । तर, म फेरि भन्छु, करको वैकल्पिक स्रोत खोजेर भए पनि उच्च दरको कर घटाउने र अनावश्यक कर हटाउने योजना चाहिँ छ ।

२०७४ सालको स्थानीय तह निर्वाचन हुँदा ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको चर्चा धेरै चल्यो । नेपालको संविधान (२०७२) को मर्मअनुसारको काम र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रा बितेको ५ वर्षमा स्थानीय तहले कति प्रतिशत पार गरेका ठान्नु हुन्छ ?

संघीयताको कारणले अधिकार विकेन्द्रित भएको साँचो हो । सिंहदरबार गाउँ आएको पनि हो । नागरिकले गाउँमै, टोलमै र घर घरमै अधिकार पाउने भएकाले प्रतीकात्मक रूपमा सिंहदरबार गाउँ त आएकै हो । तर, सिंहदरबारलाई सिंहदबारका रूपमा बनाउन पनि त स्थानीय तहले काम गर्न बाँकी नै थियो नि ! कानुन, प्रक्रिया, पद्धति निर्माण गर्दागर्दै धेरै समय बितेको छ । यसबीचमा ‘दरबार’ चाहिँ उतै रह्यो, ‘सिंह’ मात्रै गाउँ आए भन्ने आलोचना पनि भयो । अबको अवस्था त्यस्तो छैन, अधिकार स्थापित गर्ने बाटो बनेको छ । हामी नागरिकका अधिकार नागरिकसम्म नै अवस्य पु¥याउने छौं । यो मेरो प्रतिबद्धता हो । समृद्ध नेपाल सुखी नेपालीको यत्रा उपलब्धिलाई मैले प्रतिशतमा ढालेर विश्लेषण गर्नु अन्याय हुन्छ । समग्रमा विकास, परिवर्तन भएको छ ।

असीमित आवश्यकतालाई सीमित स्रोत–साधनले धान्नु चुनौतीपूर्ण छ । तर, व्यवस्थापनका सही तरिका अपनाइयो भने समाधान हुन्छन् । तत्काल परिवर्तन, रुपान्तरणको आमअपेक्षा स्वभाविक पनि हो । अहिले विश्वव्यापीकरणले संसारका परिर्वतन हामी एकैछिनमा देख्न, सुन्न र अनुभूत गर्न सक्छौं । यो सन्दर्भमा नेपालको, इलामको माटोसँग मिल्दो परिवर्तन यात्रालाई सुहाउँदो गति दिनलाई केहीले छेक्छ जस्तो चाहिँ लाग्दैन । सर्वसाधारणका कतिपय काम प्रत्यक्ष र वास्तविक रूपमा सत्य भएको आँखाले देख्दा देख्दै पनि कागजले अड्काउने समस्याले सेवाग्राही आजित भएको देख्छु म । कमसेकम पनि त्यस्ता सेवाग्राहीलाई न्याय दिनु मेरो प्राथमिकता हुनेछ । जब भुइँमान्छे मुस्कुराउँछन्, हाँस्छन् र खुुश हुन्छन् । समृद्धि भनेको त्यही हो । समृद्धि त्यहींबाट उदाउने हो ।

पनौती नगरपालिकाका लागि आउँदो पाँच वर्षको मेरो सपना निद्रामा देखेको सपना होइन, बिहान उठेपछि देखेको हो । त्यसैले त्यो सपना पूरा गर्न दृढ संकल्प गर्छु ।


तपाईको प्रतिक्रिया