कैलाली : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका ४ जनामा ओमोक्रन संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ जनामा ओमोक्रनको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबै त्रिनगर-गौरीफन्टा नाका भएर भारतबाट स्वदेश फर्केका नागरिक रहेको कार्कीले बताए ।


तपाईको प्रतिक्रिया