काभ्रे : काभ्रेपालञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशी आज जिल्ला स्थित दोलालघाट प्रहरी चौकी पुगेका छन् ।

निरीक्षणका क्रममा दोलालघाट प्रहरी चौकी पुगेका सिडिओ पाण्डे र एसपी जोशीले स्थानिय जनप्रतिनिधी, विभिन्न राजनिती दलका सदस्यहरु, दोलालघाट उधोग बाणिज्य संघ अध्यक्ष , विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु र स्थानिय व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए ।

नागरिक सुनाइ तथा अन्तरक्रिया कार्यक्रममा सडक अतिक्रम र त्यसको व्यवस्थापन ,अव्यवस्थित टिप्पर संचालनका रोकथामका उपायहरु ,चोरी डकैटी न्युनिकरण, वातावरण प्रदूषणका कारण र त्यसको रोकथाम तथा स्थानिय तवर हुन सक्ने सामान्य तथा जघन्य अपराधका निवारण लगायतका विषयलाई सम्बोधन गर्दै सिडिओ पाण्डे र एसपी जोशीले सल्लाह सुझाव दिएका थिए ।


तपाईको प्रतिक्रिया