काभ्रे (बनेपा) : काभ्रेपलाञ्चोक र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबिच छलफल भएको छ । बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण लगायतका विषयमा दुई जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबिच आज छलफल कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचार सम्बन्धि “संक्रमण रोग ऐन, २०२०” को स्वास्थ्य सुरक्षा मापदण्डका व्यवस्था कडाईका साथ कार्यान्वयन गर्ने, जिल्लाको सिमावर्ती क्षेत्रहरुमा हुन सक्ने लागु औषध बेचबिखन तथा ओसारपसार, मानव बेचविखन, बन्य जन्तु शिकार, हातहतियार तथा पुरातात्विक बस्तु ओसारपसार, सामाजिक अपराध लगायत अवान्छित गतिविधि निष्तेज पार्न आवश्यक निगरानी तथा सूचना आदान प्रदान गर्ने, सडक अनुशासन कायम गर्न जिल्ला ट्राफिक प्रहरी बिच समन्वय तथा सहकार्य बढाउने, नदीजन्य पदार्थ उत्खनन् एवं दोहनलाई न्यूनिकरण गर्न संयुक्त पहल गर्ने लगायतका विषयहरुमा छलफल तथा निर्णय भएको थियो ।

कार्यक्रममा काभ्रेपलाञ्वोक जिल्लाका प्रतिनिधित्व गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रमुख सेनानी मिलन थापा, प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, उप अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दहाल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारको उपस्थित रहेको थियो भने भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख सेनानी श्याम राज थापा, प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर राक्त, उप अनुसन्धान निर्देशक टेक राज तिमिल्सेना, सहायक प्रमुख जिल्ला अधिकारी सिता परीयारको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया